समाचार

आलुकाे बिउ बिक्री नहुदा ४ लाख गाेदामै

बागलुङ ।बजार ब्यवस्थापन हुन नसक्दा बागलुङको ताराखाेलाकाे विउ लगाउने आलु ब्यापारीकाे गाेदाममा थन्किएको छ । आम उपभोक्ताकाे राेजाइमा पर्दै आएको बागलुङ जिल्ला ताराखाेला गाउपालिका भित्र उत्पादन भएको आलुकाे बिउ राम्रो मुल्यमा बिक्रीवितरण गर्ने भनेर खरिद गरि गाेदाम महिनाै दिन राख्दा समेत स्थानीय बजारका ब्यापारीले खरिद नगरेपछि आलु बिग्रेको ताराखाेला ५ का ब्यापारी संदीप सापकोटाले बताउनुभयाे । यसपालि गत सालमा जस्तो आलु लगाउने कृषकले खेती गर्न छाेडेपछि ठूलो परिणाममा खरिद गरेकाे २०० बाेरा आलु बिक्री नहुदा करिब ४ लाख रूपैयाँ नाेक्सान… पुरा पढौ

काठमाडौं किर्तिपुरमा सरसफाइ 

काठमाडौ /फाेहाेर नगराै सफा आफै हुन्छ भन्ने नारासाथनेवार लहना समाजीक आर्थिक समृद्धि तथा बिश्व सरसफाइ अभियान भन्ने नारा साथ नेवा लहनाले   राजधानीकाे पुरानो शहर किर्तिपुरमा पृथ्वी दिवसको अवसरमा सरसफाइ गरेको छ । जनचेतनामूलक अभियान अन्तर्गत किर्तिपुर नगरपालिकाकाे समन्वयमा स्थानीय सामाजिक संघसंस्था सहकार्य गरेर सरसफाइ कार्यक्रम गरेको नेवा लहनाका अभियन्ता राजमान मानवले बताउनुभयो । पृथ्वीलाइ ब्यवस्थित गराै पृथ्वीकाे आफ्नै प्रकृतिक नियम अनुसार यसलाई संरक्षण गराै भन्ने नारा साथ सरसफाइ कार्यक्रम गरेको सामाजिक सरसफाइ अभियन्ताले बताउनुभयाे  । यस्तो खालको जनचेतना जगाउने अभियान टाेलटाेलमा वडा वडामा गर्न सकेको खण्डमा काठमाडौ उपत्यका अहिले भन्दा धेरै ससा… पुरा पढौ

लिड्स नेपाल बाट विपन्न परिवारलाई बाख्रा वितरण

बागलुङ ।लिड्स नेपाल बागलुङ शाखा मार्फत बागलुङ नगरपालिका ८ सिगाना लामिचाैरका विपन्न वर्गका किसानलाई बाेयर जातका बाख्रा वितरण गरेकाे छ । १० वटा परिवारलाई एकएक वटा बाख्रा एक कार्यक्रम बिच लिड्स नेपाल बागलुङ शाखाका प्रमुख बिन्दु देवी शर्मा ,म्याग्दी शाखाका प्रमुख निशा महत संरक्षक कृषि सहकारीका प्रतिनिधि हाेम थापाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा उक्त समुहका पाँच परिवारलाई प्लास्टिक टनेल वितरण गरिएको थियो ।लिड्स नेपालले किसानलाई अदुवा खेती सम्बन्धि तालिम समेत प्रदान गरेको थियो । लिड्स नेपालले बागलुङ र… पुरा पढौ

दलहरूबीच सहकार्य गरौँ, जनतालाई राम्रो सेवा दिऔँ : प्रधानमन्त्री

काठमाडौँ, १० वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलहरुले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा नेकपा(एमाले)ले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै राजनीतिक दलहरू एकताबद्ध भएर संविधानको मर्मअनुसार समाजवादको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो । “हामीले जे–जति राजनीतिक उपलब्धी प्राप्त गरेका छौँ, ती सबै राजनीतिक समझदारी एवम् एकताबाटै प्राप्त गरेका छौँ । तर हामीबीच समझदारीको स्तर तल झर्दा भने सबै कमजोर भएका… पुरा पढौ

जोखिमकै बीचबाट सहकार्य र एकताको प्रक्रिया अगाडि बढ्ने

ललितपुर। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभएको छ। सोमबार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, ‘जोखिमहरू छन्। जहिले पनि रहन्छन्। तर, जोखिमकै बीचबाट परिणाम दिने कुरा मुख्य हो। हामीले सहकार्यको प्रक्रिया अगाडि बढाएका छौँ। जोखिमकै बीचबाट यसलाई अगाडि बढाउनुपर्छ।’ कार्यक्रममा नेकपाका संस्थापक नरबहादुर कर्माचार्यप्रति श्रध्दाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नरबहादर… पुरा पढौ

बागलुङ सदरमुकाममा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनकाेराँके जुलुस गृहमन्त्रीको पुत्ला दहन

बागलुङ / राष्ट्रिय प्रजातन्त्र पार्टीकाे केही दिनअघि राजधानीमा भएको आन्दोलनमा प्रहरी दमन बाट ठाकुर प्रसाद डांगीकाे मृत्यु भएको घटनाको बिराेध गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनकाे आयोजनामा बागलुङ सदरमुकाममा राँके जुलुस सहित गृहमन्त्री रवि लामिछानेकाे पुत्ला दहन गर्या । बागलुङ बजारको बिभिन्न ठाउँबाट हातमा राँके जुलुस सहित ६० /६५ जना युवाहरूले सरकारले गरेको दमनकाे बिराेध गर्दै प्रदर्शन गरेको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य सुदीप गाैतमले बताउनुभयो । बागलुङको लाेकतान्त्रिक चाेक बाट विराेध प्रदर्शन गर्दै राँके जुलुस प्रदर्शन गर्दा प्रहरीले केही… पुरा पढौ

बागलुङमा अवैध औषधि बेच्ने दुई मेडिकल हललाई कारवाही गर्दा भुइँचालो

बागलुङ । सञ्चालन अनुमति नलिइ लामो समयदेखि सञ्चालनमा ल्याइएका औषधि पसलहरु कारबाहीमा पर्न थालेपछि अवैध कार्य गर्ने व्यवसायीहरुभित्र भुइँचालो गएको छ । मापदण्ड विपरीत सञ्चालन गरिएका बागलुङका दुई मेडिकल पसल हाल बन्द गरिएको छ । औषधी व्यवस्था विभाग काठमाडौँको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बागलुङ, स्वास्थ्य कार्यालय बागलुङ, बागलुङ नगरपालिका लगायतको टोलिले अनुगमनका क्रममा अवैध औषधि बेच्ने बागलुङ नगरपालिका–२ क्याम्पस चोकको धौलाश्री मेडिकल हल र अस्पताल रोडको बुद्ध डेण्टल होम बन्द गरेको हो । १७ वटा मेडिकल पसल अनुगमन गरिएकोमाको गैर… पुरा पढौ

विश्वविद्यालयबाट निस्किँदा विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्ने

महेन्द्रनगर, ९ वैशाख : पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यकता पर्ने बताउनुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताउनुभएको हो । विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताउनुभयो । “युवाहरू राष्ट्रका… पुरा पढौ

पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउन कूटनीतिक पहल

महेन्द्रनगर, ९ वैशाख : पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताउनुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । “सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनु परेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “उक्त घटनामा… पुरा पढौ

सिद्धार्थ चश्मा घरको नयाँ शाखा बालमन्दिर रोडमा

सिद्धार्थ आँखा क्लिनिक तथा चश्मा घरले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । विगत २२ वर्षदेखि बागलुङ जिल्ला सदरमुकामको धौलागिरी चोकबाट आँखा सम्बन्धि स्वास्थ्य सेवा प्रदान गरिरहेको क्लिनिकले आफ्नो नयाँ शाखा बालमन्दिर चोकमा विस्तार गरेको हो । शाखाको एक कार्यक्रमका बिच नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरज बोसेलद्वारा उद्घाटन गरिएको हो । आधुनिक उपकरण, विज्ञ स्वास्थ्यकर्मी, सफल व्यवस्थापन अवधारणासहित धौलागिरी अस्पताल नजिकै आफ्नो सेवा विस्तार गरिएको क्लिनिकका प्रोप्राइटर मधुसूदनराज पाण्डेले बताए । क्लिनिकबाट बरिस्ट नेत्र सहायकद्वारा आँखा परीक्षण,… पुरा पढौ