कर्मचारी संचय काेषकाे ६३ आ‌ैं बार्षिकाेत्सवमा स्वास्थ शिविर

-


     हिडन खबर    
     भाद्र ७ गते २०८१ मा प्रकाशित


काठमाडौं / कर्मचारी संचय कोषको ६३ औं बार्षिकोत्सवको उपलक्षमा मञ्चको पहलमा काठमाडौ मेडिकल कलेजको सहयोग र कोषको समेत सहभागितामा ठमेल स्थित कोषकै भवनमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्वास्थ शिविरमा जनरल मेडिकल ,नशा तथा हाडजोर्नी
स्त्रीरोग, बालराेग ,नाक कान घाँटी ,आँखा राेग ,दन्त राेग ,
ईसिजी भिडियो एक्सरे ,र ल्याव परीक्षण सेवा २८७ जनाले लिएका थिए ।कार्यक्रमका प्रमुख अतिथि समाजसेवी सुनिल शर्मा विशेष अतिथिका रूपमा कोषका प्रशाशक श्री जितेन्द्र धितालको उपस्थिति रहेको थियो ।

मञ्चका अध्यक्ष श्री केदारनाथ गौतमको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।