राष्ट्रिय लाेक दाेहाेरी गित प्रतिष्ठान कास्कीकाे २३ आ‌ैं बार्षिक साधारण सभा सम्पन्न

-


     हिडन खबर    
     भाद्र ९ गते २०८१ मा प्रकाशित


केपि कुमार जलन

कास्की / राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कास्कीकाे २३ आ‌ैं बार्षिक साधारण सभा पाेखरामा सम्पन्न भएकाे छ ।

प्रतिष्ठानकाे ७७ वटै जिल्लामा एकैसाथ साधारण सभा गर्ने याेजना अनूरूप कास्की प्रतिष्ठानले पनि साधारण सभाकाे आयाेजना गरेकाे थियाे ।

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रिता थापा मगरकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा थापाले गीत संगीतकाे बिकृती बिसंगतीका लागि संस्था निरन्त लागि परेकाे र हाम्राे कला संस्कृतिलाई बिगार्न नहुने र बताउदै हिजो के गरे भन्दानी भाेलि के हुन्छ भन्नेमा चिन्ता रहेको बताउनुभयो /

कार्यक्रममा राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल का पूर्व अध्यक्ष द्वय प्रजापति पराजुली ,पुरूषाेतम न्याैपाने,भुगाेल सचिव घनश्याम रिजाल ,संरक्षकरू याम गुरूङ,पार्वती जि सी,प्रेमराज अधिकारी ,सल्लाहकार संयाेजक साेमनाथ बाँस्तोला,बरिस्ठ पत्रकार श्याम कुवँर,सम्मानित स्रष्टा सीता के सी लगायतका बक्ताहरूले शुभकामना मन्तब्य राख्नु भएको थियोे ।

साेही अवसरमा सल्लाहकार हरू संयोजक साेमनाथ बाँस्तोला,काेविदशरण उपाध्याय,लक्ष्मी सुवेदी ,दया भण्डारी ,शालिकराम पाैडेल,भिम भट्टराई ,ज्ञानेश्वर सुवेदी ,दिपक तिम्सिना ,उत्कृष्ट सदस्य तर्फबाट कृष्ण भट्टराई र पुजा याेञ्जनलाई सम्मान गरिएकाे कार्यक्रम काे अध्यक्षता प्रतिष्ठान कास्कीका अध्यक्ष तुलसी क्षेत्री ,स्वागत प्रथम उपाध्यक्ष परशुराम अधिकारी र कार्यक्रम संचालन का.वा सचिव सुनिल गायकले गर्नु भएको थियाे ।सभाले काेषाध्यक्ष नवराज अधिकारी काे आर्थिक प्रतिबेदन र का.वा सचिब सुनिल गायकको सांगठनिक प्रतिबेदन पास गरेको थियोे ।