लाेक दाेहाेरी गीत प्रतिष्ठान म्याग्दीकाे २० आ‌ैं साधारण सभा सम्पन्न

-


     हिडन खबर    
     भाद्र ९ गते २०८१ मा प्रकाशित


केपि कुमार जलन

राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति म्याग्दीकाे २० आ‌ैं बार्षिक साधारण सभा म्याग्दीकाे सदरमुकाम बेनीमा सम्पन्न भएकाे छ ।

प्रतिष्ठानकाे ७७ वटै जिल्लामा एकैसाथ साधारण सभा गर्ने याेजना अनूरूप म्याग्दी प्रतिष्ठानले पनि साधारण सभाकाे अायाेजना गरेकाे थियाे ।

प्रतिष्ठानका केन्द्रीय सहसचिव तारानाथ आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका कलाकार र पत्रकारलाई सम्मान गरेको छ।

जिल्लाको मौलिक कला र संस्कृतिको संरक्षण, उत्थान र उजागर गर्नका लागि पत्रकारीताको माध्यमबाट महत्वपूर्ण योगदान र र नेपाली गित संगितकाे संरक्षण संस्थागत सहकार्यमा महत्वपुर्ण भुमिका रहेकाे भन्दै लोक गायक तथा संस्थाका सल्लाहकार कृष्णदत्त पौडेल, लोक गायक तथा संस्थाका पूर्व अध्यक्ष कृष्ण जिसी, लोक दोहोरी गायक तथा मोडल सज्जन बोहोरा र पत्रकार अमृत बास्कुने र कमल खत्रीलाई सम्मान गरेको हो ।

कार्यक्रममा संघ संस्थाका प्रतिनिधि , पत्रकार,कलाकारकाे सहभागिता रहेकाे थियाे ।