समाचार

जेन्जी मुभमेन्टले ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं — जेन्जी मुभमेन्ट नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको मिलेमतोमा भारतको कम्पनी पीटीसी इन्डियासँग करिब ४३ करोड रुपैयाँ बराबरको गैरकानुनी विद्युत् खरिद सम्झौता भएको आरोप लगाउँदै उनीहरूलाई कारबाही गर्न माग गरेको छ। संगठनले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा उक्त सम्झौतालाई “राष्ट्रघाती” भन्दै संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरिएको छ। वक्तव्यमा भनिएको छ, “विद्युत् नियमन आयोगको स्वीकृति बिना गरिएको यो सम्झौताले नेपालको आर्थिक स्वाधीनता र सार्वजनिक हितमाथि गम्भीर… पुरा पढौ

सिगानावासीद्वारा मानवसेवा आश्रमलाई १७ लाख सहयोग

बागलुङ । “सामूहिक प्रयासले ठूलो काम सम्भव हुन्छ” भन्ने उदाहरण प्रस्तुत गर्दै बागलुङ नगरपालिका–८ सिगानावासीहरूले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ उल्लेखनीय योगदान गरेका छन्। श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा सोमबार सिगानावासीहरूको तर्फबाट आश्रमलाई १७ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो। वडाध्यक्ष छमबहादुर कार्कीको नेतृत्वमा भजन–कीर्तन र बाजागाजासहित निरयघाटस्थित महायज्ञस्थलमा पुगेका सिगानावासीहरूको बाक्लो उपस्थितिले स्थल भक्तिमय र उल्लासपूर्ण बनेको थियो। वडा कार्यालयको पहलमा सम्पूर्ण वडावासीको सहभागितामा सानो–ठूलो रकम संकलन गरी उक्त सहयोग जुटाइएको हो। प्रत्येक नागरिकले आफ्नो आर्थिक अवस्था… पुरा पढौ

अन्तर्राष्ट्रिय बागलुङ समाज परिवारले आश्रम निर्माणमा सहयोग

बागलुङ । सडकआश्रित मानवको व्यवस्थापनका लागि आयोजना गरिएको महायज्ञमा देश तथा विदेशबाट सहयोगी हातहरू अगाडि बढिरहेका छन्। मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञमा अन्तर्राष्ट्रिय बागलुङ समाज परिवारले सहयोग गरेको छ। समाजले आश्रमको एक कोठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष गंगा शर्माले बताउनु भयो । महायज्ञबाट संकलित रकम शाखाको भवन निर्माणमा खर्च गरिने सहयोग गर्ने दाताको नाममा काेठामा पहिचान खुल्ने गरि नामाकरण गरिने छ। महायज्ञ २८… पुरा पढौ

अन्तर्राष्ट्रिय बागलुङ समाज परिवारले आश्रम निर्माणमा सहयोग

बागलुङ । सडकआश्रित मानवको व्यवस्थापनका लागि आयोजना गरिएको महायज्ञमा देश तथा विदेशबाट सहयोगी हातहरू अगाडि बढिरहेका छन्। मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञमा अन्तर्राष्ट्रिय बागलुङ समाज परिवारले सहयोग गरेको छ। समाजले आश्रमको एक कोठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष गंगा शर्माले बताउनु भयो । महायज्ञबाट संकलित रकम शाखाको भवन निर्माणमा खर्च गरिने सहयोग गर्ने दाताको नाममा काेठामा पहिचान खुल्ने गरि नामाकरण गरिने छ। महायज्ञ २८… पुरा पढौ

निरयघाटमा जारी महायज्ञमा भव्य योग शिविर, दैनिक ७ सय जनाको सहभागिता

बागलुङ । मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ निरयघाटमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञअन्तर्गत भव्य योग शिविर सञ्चालन भइरहेको छ। शिविरमा सहभागी भक्तजनलाई शारीरिक, मानसिक तथा आत्मिक सन्तुलनका लागि योग अभ्यास गराइँदैछ। योग गुरु ललित शंकर योगीले योगको महत्व, स्वास्थ्य लाभ तथा सकारात्मक जीवनशैलीबारे प्रत्यक्ष प्रशिक्षण दिइरहनुभएको छ। महायज्ञ र योग शिविरमा बागलुङ, पर्वत तथा आसपासका जिल्लाका भक्तजनसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जनप्रतिनिधि तथा पत्रकारहरू पनि सहभागी भएका छन्। भक्तजनको सहज आगमनका लागि यातायातको विशेष व्यवस्था… पुरा पढौ

राम थापाद्वारा बुवाआमाको स्मृतिमा आश्रममा एक कोठा निर्माण

बागलुङ। स्थायी ठेगाना बागलुङ नगरपालिका–३ गुठी भई हाल बेलायत निवासी परोपकारी दम्पती राम थापा र लक्ष्मी थापाले स्वर्गीय बुबा लालबहादुर थापा तथा आमा गम्भिरा थापाको स्मृतिमा मानवसेवा आश्रम, बागलुङ शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ। थापा दम्पतीले आश्रम शाखामा एक कोठा निर्माणका लागि आवश्यक पर्ने ५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको हो। आश्रमको भवन निर्माण कार्य तथा समाजसेवामुखी अभियानप्रति देखाउनुभएको उदारता, सहयोग भावना र प्रेरणादायी योगदानप्रति मानवसेवा आश्रम परिवारले थापा दम्पतीप्रति हार्दिक आभार व्यक्त… पुरा पढौ

बागलुङमा महायज्ञ, ५० लाख बराबरको दान संकलन

बागलुङ, कार्तिक २३मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि निरयघाटमा सुरु भएको महायज्ञमा शनिबारसम्म ५० लाख रुपैयाँ बराबरको दान संकलन भएको छ। आश्रमको वित्त विभागका अनुसार व्यक्तिगत तथा संस्थागत रूपमा नगद, क्युआर कोड र प्रतिबद्धतासहित रकम संकलन भइरहेको छ। भवन निर्माण सम्पन्न गरी सडकआश्रित मानवहरूको व्यवस्थापनका लागि आयोजित महायज्ञमा श्रद्धालु भक्तजनको उत्साहजनक सहभागिता देखिएको छ। दानदातामध्ये जैमिनी नगरपालिका–१ की सीता शर्माले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, धर्मकुमारी खड्काले १ लाख १ हजार १ सय ११ रुपैयाँ, हिराधर… पुरा पढौ

बागलुङ नगरपालिका–४ वडा कार्यालयद्वारा आश्रमकाे एक कोठा निर्माण

बागलुङ ।मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि सहयोग प्राप्त गर्ने क्रम निरन्तर जारी छ। आश्रमकाे भवन निर्माण उद्देश्यले सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञले जिल्लामा सामाजिक एकता र सहयोगको वातावरण सृजना गरिरहेको छ। यसै क्रममा, बागलुङ नगरपालिका–४ नम्बर वडा कार्यालयले आश्रमकाे एक कोठा निर्माण गर्ने जिम्मेवारी लिएको छ। वडा कार्यालयले भवनकाे एक कोठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो। महायज्ञस्थलमा आयोजित कार्यक्रममा सहभागी हुँदै वडाध्यक्ष कुमार विक्रम क्षेत्रीले उक्त सहयोग… पुरा पढौ

आज देशैभरि प्रतिष्ठान — सन्दर्भ र विश्लेषण

प्रतिष्ठान बागलुङ जिल्लाको निमन्त्रणामा अधिवेशनमा पूर्व अध्यक्षको हैसियतले सहभागी हुन निस्कँदै गर्दा घरमा रोचक क्षण सृजना भयो। ठूली छोरीले भनिन् — “बाबा, पर्स राख्नुभयो?” मैले भनेँ — “राखेँ।” अनि झोला लैजान बिर्सनुभयो! ल्यापटप लैजान पर्दैन? मैले भनेँ — “पर्दैन छोरी, यसपलि यतिकै जाने हो।” सधैंझैँ झोला बोकेर गस्तीमा हिँड्ने सैनिकजस्तै देखिने बाबुलाई झोला बिना देख्दा छोरीलाई अचम्म लाग्नु स्वाभाविक थियो। म पनि अलमलमा परेँ। यसपलि झोला बिसाएर हिँडेको थिएँ। जीवनका उर्जाशील समय यस संस्थाप्रति समर्पित भएकाले विभिन्न माध्यमबाट यसको राम्रा… पुरा पढौ

बागलुङमा पिकअप जिप दुर्घटना: एकको मृत्यु, चार घाइते

बागलुङ जिल्लाको बोबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको पिकअप जिप दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ। शुक्रबार राति १० बजे ढोरपाटन नगरपालिका–९ स्थित चौबिरमा उक्त सवारी दुर्घटना भएको हो। दुर्घटनामा परी स्थानीय निवासी राजेन्द्र अदैको मृत्यु भएको ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो। उहाँका अनुसार दुर्घटनामा अन्य चार जना व्यक्ति घाइते भएका छन्। घाइतेहरूको प्रारम्भिक उपचारका लागि बुर्तिबाङ अस्पतालतर्फ लैजाँदै गरिएको छ। दुर्घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको जनाइएको छ। पुरा पढौ