समाचार

जलवायु न्याय: आइसिजेमा नेपालको नेतृत्वप्रति अध्यक्ष प्रचण्डलाई धन्यवाद

काठमाडौं, भदौ ९ — जलवायु न्यायको पक्षमा नेपालले अन्तर्राष्ट्रिय न्यायालय (International Court of Justice – ICJ) मा प्रस्तुत गरेको ऐतिहासिक दृष्टिकोणका कारण अन्तर्राष्ट्रिय अदालतले सकारात्मक राय दिएकोमा वल्ड युथ फर क्लाइमेट जस्टिस (World Youth for Climate Justice) का प्रतिनिधि युवाहरूले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उहाँको योगदानको प्रशंसा गरेका छन्। खुमलटारस्थित अध्यक्ष प्रचण्डको निजी निवासमा भएको भेटमा युवाहरूले उहाँको प्रधानमन्त्रीत्वकालमा जलवायु संकटसम्बन्धी मुद्दालाई अन्तर्राष्ट्रिय न्यायालयमा प्रस्तुत गराउन दिएको निर्देशन, प्रतिबद्धता र… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा नेपाल पर्वतारोहण संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई

ललितपुर, भदौ ९नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्वतारोहण संघ (एनएमए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभएको छ। खुमलटारस्थित निजी निवासमा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तारूढ नेपाली काँग्रेस, नेकपा (एमाले) र समाजवादी पार्टीसहितको गठबन्धनलाई पराजित गर्दै विजयी बनेको नेकपा (माओवादी केन्द्र)समेतको गठबन्धनको अध्यक्ष फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानललाई बधाई दिनुभयो। बधाई ज्ञापनको क्रममा अध्यक्ष प्रचण्डले पर्वतीय पर्यटन व्यवसायको विकासमा संघले महत्वपूर्ण योगदान दिन सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,“नेपालमा पर्वतीय पर्यटन व्यवसायको दिगो विकास आवश्यक छ।… पुरा पढौ

बागलुङ समाज कल्याण केन्द्र महिला समूहद्वारा तीज विशेष दरखाने कार्यक्रम सम्पन्न

काठमाडौं — नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा बागलुङ समाज कल्याण केन्द्र महिला समूह, काठमाडौंले तीज विशेष दरखाने कार्यक्रम आयोजना गरी पर्वको उल्लासपूर्वक मनाएको छ। राजधानीमा आयोजित उक्त कार्यक्रममा शुभकामना आदानप्रदानसहित सांस्कृतिक र सामाजिक सहभागिता देखिएको थियो। कार्यक्रममा महिला समूहकी अध्यक्ष शोनि श्रेष्ठ तथा पूर्वअध्यक्ष रशुमिला श्रेष्ठले तीज पर्वले नेपाली दिदीबहिनीहरूलाई एकै ठाउँमा भेला भई आपसी सुख–दुःख साटासाट गर्ने अवसर प्रदान गर्ने बताउँदै पर्वको सामाजिक महत्वबारे प्रकाश पार्नुभयो। उहाँहरूले तीजलाई केवल धार्मिक पर्व मात्र नभई सामाजिक एकता र… पुरा पढौ

बागलुङ नगरपालिका गण्डकी प्रदेशमा तेस्रो, जिल्लामा पुनः प्रथम

बागलुङ भदौ ७ बागलुङ नगरपालिका यस वर्षको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)’ मा ८७.२५ अंक प्राप्त गर्दै बागलुङ जिल्लाभित्र पुनः प्रथम तथा गण्डकी प्रदेशस्तरमा तेस्रो स्थान हासिल गर्न सफल भएको छ। नेपाल सरकारद्वारा प्रत्येक वर्ष स्थानीय तहहरूको सेवा प्रवाह, विकास निर्माण, योजना कार्यान्वयन, संस्थागत सुशासन, कर्मचारी परिचालन लगायतका विविध पक्षहरूको मूल्याङ्कन गरिन्छ। सोही मूल्याङ्कनका लागि तयार गरिएको LISA मापदण्डअनुसार बागलुङ नगरपालिकाले विगत तीन वर्षमा उल्लेखनीय प्रगति गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए । नगर प्रमुखको नेतृत्वमा… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणाद्वारा भियतनामका उपराष्ट्रपतिसँग शिष्टाचार भेट

समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज काठमाडौँमा शिष्टाचार भेट गर्नुभएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आउनुभएकी उपराष्ट्रपति सुआनसँग मन्त्री डा. राणाले भेटवार्ता गर्नुभएको हो। भेटका क्रममा नेपाल–भियतनाम सम्बन्धका विविध आयामहरू, द्विपक्षीय हितका विषयहरू तथा आपसी चासोका मुद्दाहरूमा विचार–विमर्श भएको थियो। मन्त्री डा. राणाले पछिल्लो समय भियतनामले हासिल गरेको तीव्र आर्थिक विकासप्रति बधाई दिँदै उक्त प्रगति अन्य देशहरूका लागि प्रेरणादायी बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले नेपाल… पुरा पढौ

तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं, भदौ ७ उपमा सञ्चार प्रा.लि. र तेज नेपाल मल्टिमिडिया प्रा.लि.को संयुक्त आयोजनामा राजधानीस्थित चलचित्र विकास बोर्डमा “तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०८२” भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको सभाध्यक्ष उपमा सञ्चार प्रा.लि.की आशा गौतम रहनु भएको थियो। प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारी तथा विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य मनरुपा शर्मा ‘बिमला’ हुनुहुन्थ्यो। चलचित्र, संगीत, कला, साहित्य, शिक्षा, खेलकुद, राजनीति, व्यवसाय तथा सामाजिक सेवाजस्ता विविध क्षेत्रमा योगदान पुर्‍याउने नारी व्यक्तित्वहरूलाई “तीज विशेष नारी… पुरा पढौ

जनै हराएको मान्छे’ले दर्शकलाई भावुक बनायो, कलाकार भन्छन्– बुवाको मुख हेर्ने दिनको उपहार यही चलचित्र हो

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले अधिकांश दर्शकलाई भावुक बनाएको छ। निर्माण पक्षले बुवाको मुख हेर्ने दिनको अवसरमा आफ्ना बुवाआमालाई हलमा लगेर चलचित्र हेर्न आग्रह गरेको छ। चलचित्रका मुख्य कलाकार विजय बरालले भने, “शनिबार बुवाको मुख हेर्ने चाड हो। हाम्रो चलचित्रले बुवाआमाको खुसीका लागि छोराले गर्ने संघर्षको कथा बोल्छ। यदि कोही छोराछोरीले आफ्ना बुवाआमालाई हलमा लगेर यो चलचित्र देखाउँछन् भने, त्यो नै साँचो उपहार हुनेछ। सायद यसभन्दा ठूलो उपहार अरू केही हुन सक्दैन।” अभिनेत्री केकी अधिकारीले… पुरा पढौ

सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जुटौँ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्य सुनिश्चित गर्न जलवायु तथा वातावरण संरक्षण अपरिहार्य रहेकोमा जोड दिनुभएको छ। युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयोजनमा बनेपा नगरपालिका–३, काँसी भञ्ज्याङ क्षेत्रमा १० हजार वृक्षारोपण गर्ने कार्यक्रमको आज शुभारम्भ गर्दै मन्त्री राणाले जलवायु परिवर्तनका कारण नेपाल गम्भीर समस्यामा परेको उल्लेख गर्दै दीर्घकालीन सुरक्षाका लागि जलवायु संरक्षणमा सक्रियता आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा उहाँले भन्नुभयो, “नेपाल जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेको छ। हामीले यो अवस्था विश्व समुदायमा स्पष्ट रूपमा जानकारी गराएका छौँ। नेपाल… पुरा पढौ

पुस्तक विमोचन कार्यक्रमको तयारी पूरा

काठमाडौँ — लेखक भीम न्यौपानेद्वारा लिखित पुस्तक ‘बादलमुनि बागलुङ’ को विमोचन कार्यक्रम यही शनिबार, २३ अगस्ट २०२५ मा आयोजना हुँदैछ। किताबकीरो प्रकाशनद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि नीर शाह रहनेछन्। वक्ताहरूमा राधा पौडेल र नयनराज पाण्डे रहनेछन्। कार्यक्रम दिउँसो ३ बजे नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादीस्थित लेखनाथ कक्षमा हुनेछ। पुस्तकको आवरणमा बादलमुनि हराउँदै गरेको बागलुङको दृश्य र आकाशमा उडिरहेको विमान देखिन्छ, जसले पुस्तकको भावनात्मक र भौगोलिक पृष्ठभूमिलाई झल्काउँछ। विमोचन समारोहमा साहित्यप्रेमी, लेखक तथा पाठकहरूको उपस्थिति अपेक्षित गरिएको छ। पुरा पढौ

म्युजिक खबर कलाकारीता सम्मानबाट सञ्चारकर्मी विनिता कुँवर क्षेत्री सम्मानित

काठमाडौं भदौ ६ स्पेस 4K टेलिभिजनकी सञ्चारकर्मी विनिता कुँवर क्षेत्रीलाई चौथो म्युजिक खबर तिज म्युजिक अवार्ड २०८२ को अवसरमा कलाकारीता सम्मान प्रदान गरिएको छ। उनलाई प्रतिनिधि सभा सदस्य माननीय रेखा यादवको हातबाट सम्मानित गरिएको हो। क्षेत्री लामो समयदेखि रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चार माध्यममा सक्रिय रहँदै आएकी छन्। उनले विशेषतः नेपाली कला क्षेत्रलाई आत्मसात गर्दै समयानुकूल टेलिभिजन तथा डिजिटल पत्रकारितामा कलम, माइक र क्यामेराको माध्यमबाट मुलुकको कला, संस्कृति संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छन्। यही योगदानको उच्च… पुरा पढौ