समाचार

आश्रमको महायज्ञमा ८ करोड ९६ लाख संकलन

बागलुङ, कार्तिक २९, २०८२ मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजित श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञको सातौँ दिनसम्म ८ करोड ९६ लाख ९५ हजार रुपैयाँ संकलन भएको छ। कार्तिक २१ गतेदेखि सञ्चालनमा आएको महायज्ञको सातौँ दिन शुक्रबार मात्र १ करोड ३४ लाख ८० हजार रुपैयाँ संकलन भएको महायज्ञ मूल आयोजक समितिले जानकारी दिएको छ। बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणस्थल नजिकै भएको महायज्ञमा दाताहरूको उल्लेखनीय भीड लागेको छ। महायज्ञमा बिहीबार मात्र १ करोड ६२ लाख रुपैयाँ संकलन भएको थियो। महायज्ञमा बागलुङ,… पुरा पढौ

राज्य लक्ष्मी सुनचाँदी पसलद्वारा मानवसेवा आश्रम बागलुङ शाखालाई आर्थिक सहयोग

बागलुङ । बागलुङ नगरपालिका–२ स्थित राज्य लक्ष्मी सुनचाँदी पसलले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण कार्यका लागि आर्थिक सहयोग प्रदान गरेको छ। सहयोगस्वरूप रु. ५ लाख २५ हजार २ सय ७५ रूपैयाँ आश्रमलाई हस्तान्तरण गरिएको हो। पसलका सञ्चालक कविराज, जुन, सफल राज तथा सम्पूर्ण परिवारको तर्फबाट प्रदान गरिएको उक्त सहयोगले भवन निर्माण कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। मानवसेवा आश्रमले यस परोपकारी सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै समाजसेवा र परोपकारमा सबैको सहभागिता प्रेरणादायी रहेको उल्लेख गरेको छ। मानवसेवा… पुरा पढौ

एनआरएनए पोर्चुगलका अध्यक्ष बमबहादुर जि.सीद्वारा ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ दान

बागलुङ ।कार्तिक २८ बागलुङ नगरपालिका–८ सिगाना निवासी तथा हाल एनआरएनए पोर्चुगलका अध्यक्ष बमबहादुर जि.सी (किसान काजी) र इन्द्रा कुमारी जि.सीले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ सहयोग गरेका छन्। विदेशमा रहेर पनि जन्मभूमिप्रति समर्पित भावनासहित प्रदान गरिएको यो उदार सहयोगले आश्रमको भवन निर्माण अभियानलाई महत्वपूर्ण टेवा पुगेको आश्रम परिवारले जनाएको छ। सामाजिक उत्तरदायित्व, सेवा र मानवताप्रति गहिरो आस्था प्रकट गर्नेगरी गरिएको यो योगदानले देश–विदेशमा रहेका नेपाली समुदायका लागि प्रेरणादायी उदाहरण प्रस्तुत… पुरा पढौ

नेपाली कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता गर्दै

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत एक दर्जनभन्दा बढी वामपन्थी समूहहरू मिलेर नेपाली कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया अघि बढाइएको छ। यसै क्रममा सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आम निर्वाचनको प्रयोजनार्थ यही माघ ३० गतेभित्र दल दर्ता गरी प्रमाणपत्र लिनुपर्ने सूचना निर्वाचन आयोगले जारी गरेको छ। दल दर्ताका लागि आयोगमा बुझाइएका विवरणहरूबारे केही भ्रम देखिएकाले यसमा स्पष्टता दिन अनुरोध गरिएको छ। पार्टी संयोजक र सह–संयोजक बाहेकका पद तथा समितिहरू आपसी सहमतिका आधारमा गठन हुनेछन्। यसका लागि गृहकार्य… पुरा पढौ

मिरमिरे’का दुई पोस्टर सार्वजनिक

दयाहाङ–प्रकाशको पहिलो सहकार्य, माघ १ गते रिलिज हुने काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’का दुईवटा पोस्टर सार्वजनिक भएका छन्। पहिलो पोस्टरमा दयाहाङ राई र बाल–कलाकार शाइसा गौचन फिचर्ड छन्। मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा उनीहरू बाउ–छोरीको रूपमा देखिएका छन्। तनावग्रस्त मुद्रामा प्रस्तुत दुवै पात्र कसैको पर्खाइ वा वियोगमा रहेको संकेत गर्छन्। पोस्टरले दयाहाङले छोरीप्रति आमाको जिम्मेवारी पनि निभाइरहेको भाव झल्काउँछ। दोस्रो पोस्टरमा प्रकाश सपूत विद्यार्थीको भेषमा र सिर्जना निङ्लेखु शिक्षिकाको भेषमा देखिएका छन्। सिर्जनाको मन्द मुस्कान र… पुरा पढौ

भक्तजनको आग्रहमा महायज्ञ अवधि एक दिन थप

भवन निर्माण र अक्षयकोष वृद्धिका लागि उत्साहजनक सहयोग बागलुङ । मानवसेवा आश्रमप्रति श्रद्धा राख्ने भक्तजन तथा अभिभावकहरूको आग्रहअनुसार बागलुङको निरयघाटमा जारी श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ शनिबारसम्म सञ्चालन हुने भएको छ। बुधबार मात्र महायज्ञमा १ करोड ५४ लाख ३४ हजार १ सय १४ रुपैयाँ संकलन भएको आश्रमले जनाएको छ। कथा वाचन कार्यक्रम कार्तिक २८ गते सकिने तय भए पनि मूल आयोजक समितिसँगको सल्लाहपछि अन्य धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू कार्तिक २९ गते शनिबारसम्म निरन्तर हुने मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले… पुरा पढौ

मानवसेवा आश्रमलाइ सहयोग गर्ने क्रम जारी

बागलुङ । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) बागलुङ शाखाको भवन निर्माण तथा अक्षय श्रीवृद्धिको अभिष्टले आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ–२०८२ मा सहयोग गर्ने क्रम जारी छ । महायज्ञमा काठेखोला गाउँपालिका–२, भिमपोखरा स्थायी वतन भई हाल बागलुङ नगरपालिका–२, अस्पताल रोडमा बसोबास गर्दै आएकी गोमा खत्रि, उनका छोरा सोनाम खत्रि तथा छोरीहरू लक्ष्मी रोका क्षेत्री र सोविता खत्रिले आफ्ना पति तथा पिता स्वर्गीय गोविन्द खत्रिको सम्झनामा २१ हजार १ सय १ रुपैयाँ सहयोग प्रदान गरेका छन्। छोरी लक्ष्मी रोका क्षेत्रीले… पुरा पढौ

मानवसेवा आश्रमलाइ समाजसेवी राजभण्डारीद्वारा ५१ हजार सहयोग

"दानले धन घट्दैन, मनको महानता बढ्छ भन्ने महान नारासाथ मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) बागलुङ शाखाको भवन निर्माण र अक्षयको श्रीवृद्धिको अभिष्टले आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ-२०८२"काे पाचौं दिन सहयोग गर्ने क्रम जारी रहेको छ । बागलुङ नगरपालिका वडा नम्बर -३, निवासी परोपकारी मनका धनि लालचन्द्र राजभण्डारी /शोभा राजभण्डारीद्वारा मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सम्पन्नताको निम्ति नगद (एकाउन्न हजार) स-प्रेम योगदान गर्नु भएको छ। समाजसेवी राजभण्डारीले केही बर्ष अघि आश्रमको लागि१ लाखकाे अक्षयकोष स्थापना गरि रकम प्रदान… पुरा पढौ

महायज्ञमा रुद्रबहादुर–कमला क्षेत्रीद्वारा १ लाख ५१ हजार १०५ दान

बागलुङ । मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ जारी महायज्ञमा जलजला गाउँपालिका–८ निवासी रुद्रबहादुर महत र कमला महत क्षेत्रीले १ लाख ५१ हजार १०५ रुपैयाँ दान गर्नुभएको छ। दाताहरूले मानवसेवा र समाजसेवाप्रतिको समर्पण व्यक्त गर्दै असहाय तथा विपन्न व्यक्तिहरूको सहयोगमा योगदान दिन पाउँदा गर्व लागेको प्रतिक्रिया दिएका छन्। आश्रम परिवारले दाताप्रति हार्दिक आभार व्यक्त गर्दै प्राप्त सहयोग रकम भवन निर्माणका साथै असहाय व्यक्तिहरूको संरक्षण, स्वास्थ्य तथा शिक्षासम्बन्धी सेवामा उपयोग गरिने जनाएको छ। महायज्ञको क्रममा देश–विदेशका विभिन्न दाताहरूले समेत सक्रिय… पुरा पढौ

जेन्जी मुभमेन्टले ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं — जेन्जी मुभमेन्ट नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको मिलेमतोमा भारतको कम्पनी पीटीसी इन्डियासँग करिब ४३ करोड रुपैयाँ बराबरको गैरकानुनी विद्युत् खरिद सम्झौता भएको आरोप लगाउँदै उनीहरूलाई कारबाही गर्न माग गरेको छ। संगठनले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा उक्त सम्झौतालाई “राष्ट्रघाती” भन्दै संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरिएको छ। वक्तव्यमा भनिएको छ, “विद्युत् नियमन आयोगको स्वीकृति बिना गरिएको यो सम्झौताले नेपालको आर्थिक स्वाधीनता र सार्वजनिक हितमाथि गम्भीर… पुरा पढौ