समाचार

चलचित्र ‘जनै हराएको बाहुन’को लाइनअप बलियो हुँदै

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’को लाइनअप बलियो हुँदै गएको छ । रिलिज डेट लिइसकेको सिनेमाले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ । निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको छ । अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका छन् । ‘जनै हराएको बाहुन’मा विजय पछि मुख्य भूमिकामा केकी र मिरुना अनुबन्ध भएका हुन् । सिनेमामा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माणपक्षले खुलासा गरिसकेको छैन ।… पुरा पढौ

भूमि समस्या समाधान आयोग कास्कीका पदाधिकारी तथा सदस्यलाई बधाई संगै आन्दोलनको धम्की

पोखरा । राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको आयोजनामा मंगलबार आयोजित भूमि समस्या समाधान आयोग कास्कीका प्रमुख बैनबहादुर गुरुङलगायत सदस्यहरुलाई बधाई संगै समस्या समाधान नभए आन्दोलनमा जाने वताएका छन् । बधाई ज्ञापन तथा अन्तरक्रिया कार्यक्रममा सहभागिले भूमि समस्या समाधान आयोग कास्कीका पदाधिकारीहरुसंग आफ्ना समस्या राख्दै अब पनि आयोगले काम गरेर समस्या समाधान गर्न नसकेमा आन्दोलनमा जानुको विकल्प नरहेको वताएका छन् । कार्यक्रममा कास्की जिल्ला भित्र गठन भएका गाउँ, नगर, टोल मञ्चका अगुवाहरुले आफुहरुलाई राजनिति दलको गोटीको रुपमा प्रयोग गरिएको भन्दै अब… पुरा पढौ

भरतपुरमा दाेहाेरीकाे राैनकता आठाै रनिङ  शिल्डकाे  उपाधी प्रतिष्ठान बागलुङलाई

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताकाे उपाधि राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान बागलुङले हात पारेकाे छ  । प्रतियाेगितामा देशै भरी बाट कुल ४२  दाेहाेरी प्रतियाेगि समुहहरूकाे सहभागिता रहेकाे थियाे । निकै कडा प्रतिस्पर्धाका साथ राति अबेर सम्म चलिरहेकाे प्रतियाेगितामा प्रतिष्ठान बागलुङ संग लाेक दाेहाेरी गीत प्रतिष्ठान म्याग्दी पराजित बनेकाे थियाे। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल द्वारा फागुन१७ गते देखी २० गते सम्म ८ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत… पुरा पढौ

परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयोः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकहरुको उद्धार (रेस्क्यु) गर्ने जस्तो मात्र भएको बताउनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीको भैरहवामा पर्टीका प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा प्रशिक्षण शाखा प्रमुखका लागि आयोजना गरेको प्रशिक्षणमा उहाँले भन्नुभयो “अहिले विदेशमा नेपालीहरु यतिधेरै समस्यामा परिरहेका छन् कि परराष्ट्र मन्त्रालयको काम त यसो हेर्दा उनीहरुको उद्धार गर्नेजस्तो मात्र भएको छ ।” मन्त्री डा राणाले सीमित स्रोत, साधन र जनशक्तिका कारण संसारमा रहेका नेपालीको उद्धारको काम निकै कठिन… पुरा पढौ

बेगनास कपमा क्वार्टरफाईनलका खेलहरु सम्पन्न

लेखनाथ २० फागुन बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखी शुरु भएको तेश्रो बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगितामा क्वार्टरफाईनल चरणका खेलहरु सम्पन्न भएका छन । मंगलबार सम्पन्न ४ खेलबाट जित हासिल गर्दै मिक्की एफ सी, एन के क्लव, मत्स्य व्यवसायी समिति र विनोद मेमोरियलले सेमिफाईनलको यात्रा तय गरेका हुन । मिक्की एफ सी र आयोजक बेगनास युवा क्लव ‘पँहेलो’ विच भएको पहिलो खेलमा मिक्की एफ सी ले बेगनास युवा क्लव ‘पँहेलो’लाई ४–० गोलको फराकिलो अन्तरले पराजीत गरेको छ । यस्तै… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’मा धुर्मुस अर्थात् सिताराम कट्टेल

काठमाडौं । हास्य टेलिसिरियल ‘मेरी बास्सै’लगायत विभिन्न टेलिचलचित्र, छोटा चलचित्र, विज्ञापन र चलचित्रहरूमा फरक-फरक भूमिकामा अभिनय गर्ने बहुप्रतिभाशाली कलाकार हुन्, धुर्मुस अर्थात् सिताराम कट्टेल । हाल    प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’मा उनले गरेको फरक ढंगको क्यारेक्टरको कारण यतिखेर चर्चामा छन् । उनले यो क्यारेक्टर गर्नका लागि ठूलो सङ्घर्ष, मेहनत र दुःख गरेको प्रष्टै देखिएको छ । जब ‘लाज शरणम्’का लेखक तथा निर्देशक कुमार कट्टेल जिग्री र उनको समूहले स्क्रिप्ट तयार पार्‍यो र सक्किगोनी टिमको तर्फबाट यो चरित्र निर्वाह गर्नका लागि धुर्मुसलाई प्रस्ताव गर्‍यो ।… पुरा पढौ

अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छः प्रचण्ड

नेपालगञ्ज, २० फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट गर्नुभएको छ । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । ‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौं’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘सरकारले अहिलेसम्म जे… पुरा पढौ

प्रकृतिलाई न्याय दिलाउँछौँ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाउनुभएको छ । प्रकृतिको मृत्युपछि शोकमा रहेका उहाँका बुबाआमा र आफन्तजनलाई आज भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्री डा राणा र गृहमन्त्री रमेश लेखकले सो विश्वास दिलाउनुभएको हो । मन्त्री डा राणाले प्रकृतिका बुबाआमा र आफन्तजनलाई उनको मृत्युको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुन बमोजिम कडा कारबाहीका आफूले सुरुदेखि नै कूटनीतिक पहल जारी राखेको र उनलाई न्याय दिलाउने बताउनुभएको हो । प्रकृतिको… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’मा बिदा सकिएपछिको पहिलो ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ

काठमाडौं । चलचित्र ‘लाज शरणम्’मा बिदा सकिएपछिको पहिलो ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ पाएको छ । आइतबार दिउँसो २ बजे पछिका शो मा दर्शकको राम्रो अकुपेन्सीसहित यो चलचित्र चल्यो । काठमाडौंको सेन्टरमा रहेका हल र मोफसलमा पनि यो चलचित्रले राम्रो व्यापार गरेको वितरक तथा निर्माणपक्षले जनाएको छ । बिदाका दिनमा पनि राम्रो अकुपेन्सी पाउने सहजै विकेन्डसम्म पुग्न र आउँदो बिदामा पनि शो र दर्शक पाउने संकेत हो । दर्शकको राम्रो साथ पाउँदा निर्माणपक्ष उत्साहित छ । दर्शकको साथ रहेकाले… पुरा पढौ

चलचित्र ‘जनै हराएको बाहुन’ले रिलिज डेट हरितालिका तीजमा

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ले रिलिज डेट लिएको छ । आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने यो चलचित्र नेपाल र नेपाल बाहिर एकै दिन रिलिज हुनेछ । यो चलचित्रमा विजय बराल र मनिष राउत मुख्य भूमिकामा छन् । आमा र छोराबीचको इमोस्नल कथा यो चलचित्रमा छ । चलचित्रको मेन थिम सार्वजनिक गर्दै अघिल्लो महिना ल्याएको मोसन पोस्टरले धेरैको ध्यान खिचेको थियो । यसले आमालाई सुखका दिन छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो ।… पुरा पढौ