समाचार

मुस्ताङको जोमसोङमा सडक भासिँदा तिर्थयात्री पर्यटक अलपत्र

बागलुङ, हिमालपारिकाे जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा कालीगण्डकी नदिको कटानले जोखिममा रहेको सडक आइतबार भासिँदा मुक्तिनाथ दर्शनका लागि हिँडेका तथा फर्कँदै गरेका दर्शनार्थी धार्मिक तथा बिदेशी पर्यटक अलपत्र परेका छन् । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत पर्ने घरपझोङ गाउँपालिका–४ जोमसोम स्थित मुस्ताङ अस्पताल अगाडीको सडक भासिँदा सवारी आवागमन रोकिएको हो । गएको वर्षाको समयमा कालीगण्डकी नदिको बहावका कारण जोमसोमको उक्त सडक करिब सय मिटर भासिएको थियो । सोही सडक भासिएको स्थानमा एकतर्फी रूपमा सवारी आवतजावत गर्ने गरी सडक बेस बनाइएकोमा सोही स्थानमा फेरि… पुरा पढौ

हाजिरी जवाफ प्रतियोगितामा नमुना आवासीय माध्यमिक विद्यालयका प्रथम

बागलुङ / साविक धौलागिरी अञ्चल स्तरीय व्यवस्थापन संकायमा आधारित हाजिरी जवाफ प्रतियोगितामा पर्वतको नमुना आवासीय माध्यमिक विद्यालयका विद्यार्थी प्रथम भएका छन् । धौलागिरी बहुमुखी क्याम्पसको बिबिए गुणस्तर समूहको आयोजनामा आयोजित हाजिरी जवाफ प्रतियोगितामा अन्य ८ विद्यालयललाई पछि पार्दै नमुना आवासीय माध्यमिक विद्यालयका विद्यार्थी प्रथम भएका हुन् । प्रतियोगितामा बागलुङको चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुल द्धितिय र न्यू ओएसिस एकेडेमीका विद्यार्थी तृतीय भएका छन् । प्रतियोगितामा विजेता, उपविजेताले क्रमशः नगद १५ हजार, १० हजार, र ५ हजार तथा ट्रफी र प्रमाण… पुरा पढौ

कुमार खड्का र लक्ष्मणश्री सम्म्मानित

काठमान्डौ – ब्रान्डरुट इन्टरटेन्मेन्ट प्रालीद्वारा आयोजित एक राष्ट्रीय ब्राण्ड म्यूजिक अवार्ड कार्यक्रमको भब्य समारोहमा कुमार खड्का दोसल्ला माला र सम्मान पत्र सहित सम्मानित भएका छन् । कालिका भगवति गुठीका माध्यमबाट पर्यटन पर्वर्द्दन र कला सस्कृती खेलकुदकाे क्षेत्रमा योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।उनि सामाजिक क्षेत्र राजनितिमा पनि सक्रिय व्यक्ति हुन भने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष समेत रहेका छन्। कार्यक्रममा गायक नायक तथा निर्माता एवम समाजसेवी लक्ष्मण श्री दोसल्ला माला र सम्मान पत्र सहित सम्मानित भएका छन ।… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आवश्यक बजेट उपलब्ध हुने

चितवन, २५ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताउनुभएको छ । बागमती प्रदेश खेलकुद परिषद्द्वारा आज आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय प्रतियोगितामा उहाँले भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिसकेको र आवश्यक बजेट पनि प्रबन्ध गरिने बताउनुभयो । “गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा रूपान्तरण भएपश्चात निर्माणकार्यमा यसअघि देखिएका विभिन्न प्रकारका समस्याहरूको एकीकृत समाधान हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निर्माणकार्य द्रूततापूर्वक अगाडि बढ्नेछ ।… पुरा पढौ

भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ

चितवन, २५ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताउनुभएको छ । भरतपुर अस्पतालको ६८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयमिक क्षेत्रमा भरतपुरले निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गर्नुभयो । “भरतपुर शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका विविध क्षेत्रमा देशकै आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “स्वास्थ्य सेवाका साथै यस क्षेत्रमा… पुरा पढौ

स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल हुनुपर्ने : प्रधानमन्त्रीकाे भनाइ

काठमाडौँ, २५ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिनुभएको छ । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । “अनलाइन सदस्यता दर्ताको व्यवस्था, ‘रियल टाइम क्लेम सिस्टम’, प्रविधिमैत्री बीमा प्रणाली’ जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई ‘सुशासन,… पुरा पढौ

जीवन रुपान्तरणका लागि अर्को क्रान्ति आवश्यक छ’

प्रधानमन्त्री प्रचण्डले राजनीतिक पुनःसंरचनामा हामी सफल भएपछि अब प्रत्येक नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्ति गर्ने समय आएको आभास भएको बताउनुभएको छ । “मैले केही समय पहिला सम्राट अशोक बन्ने समय आएको भाव व्यक्त गरेको थिएँ, जुन मेरो अन्तरआत्माको आवाज थियो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मैले आध्यात्मिक रुपान्तरणको खाँचो रहेको महसूस गरेको छु, म यो भूमीबाट यसतर्फ जिम्मेवारी बोध भएको भावना व्यक्त गर्दछु ।” नेपालीलाई पूर्ण रूपान्तरणको बाटोमा लगेर एउटा सबल, शान्तिप्रेमी र ऊर्जाशील नागरिक बनाउन सकिन्छ भन्ने आफूमा विश्वास रहेको… पुरा पढौ

बोगटीको अभाव महशुस भइरहन्छ : प्रधानमन्त्री

चैत्र २४, काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधै अभाव महशुस हुने गरेको बताउनुभएको छ। शनिबार बिहान पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा स्मृति दिवसमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘पोष्टबहादुर बोगटी एक जना इमान्दार नेता हुनुहुन्थ्यो, यहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ। उहाँ एक जना सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध, सक्षम र समन्वयकारी नेता… पुरा पढौ

मालीका माध्यमिक बिद्यालयलाइ आवाशीय र अङ्ग्रेजी माध्यमकाे बिद्यालयकाे रूपमा रूपान्तरण हुने

बागलुङ ।बिद्यार्थी र अभिभावककाे ध्यान निजी बिद्यालयतर्फ केन्द्रीत भएपछि सामुदायिक बिद्यालयमा गुणस्तरीय शिक्षा हुदैन भन्ने भ्रम परिरहेको बेला बागलुङको एक बिद्यालयले समय अनुकूल आफ्नो बिद्यालयमा गुणस्तरीय शिक्षा दिदै आवाशीय र अङ्ग्रेजी माध्यमकाे बिद्यालयकाे रूपमा अगाडि बढाउने प्रतिबद्धताका साथ नयाँ शैक्षिकसत्रमा नयाँ उत्साह साथ अगाडि बढेको छ । बागलुङ नगरपालिका वडा नं. ५ मा अवस्थित श्री मालिका माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१ देखि विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यक्रम ल्याएकाे हाे । बागलुङ नगरपालिकाका पूर्व वडा अध्यक्ष शिवप्रसाद सापकोटाको नेतृत्वमा विद्यालय… पुरा पढौ

नेपालकै प्रसिद्ध चैते दशै मेला चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म हुने

काठमाडौ / बागलुङमा चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म ऐतिहासिक चैते दशै मेलाको आयोजना गरिएको कालीका भगवती गुठी ब्यवस्थापन समितिले जनाएको छ । बिक्रम संम्वत १५९१ सालदेखि शुरूवात भएको ऐतिहासिक धार्मिक सांस्कृतिक रूपमा महत्त्वपूर्ण रहेको चैते दशै मेला भब्य र सभ्य रूपमा सम्पन्न गर्नकाे लागि काठमाडौमा पत्रकार भेटघाट कार्यक्रम गरि यहीँ चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म बिभिन्न कार्यक्रमका सम्पन्न गर्न लागेको कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । पत्रकार भेटघाट कार्यक्रममा कालीका गुठी ब्यवस्थापन समितिका  प्रेस… पुरा पढौ