
केपि कुमार जलन
कास्की / यत्रातत्रा तीजका गीतले पुरै सांगितिक बजार हल्लाइ रहेको छ । तीजका गीत धमाधम बजारमा आई रहेका छन , स्टुडियाेमा रेकर्डिङ गर्न समेत भ्याई नभ्याई छ । गायक गायिका लाई निकै हतार छ ।
दर्शकलाई कस्ता आए तीजका गीत भनेर खुल्दुली छ तर तीज गीतका नाममा छाडा भड्किला गितहरू कता कता सार्बजानिक भएका छन। त कति गीतले तिजकाे सन्देश झल्किने गित बजारमा सार्बजानीक गरेका छन ।
पछिल्लाे समय काठमाण्डाैलाई कर्मथलाे बनाउदै आएकी गायिका जानकी तारामी मगरकाे “करिम ” तीजगीत बजारमा आएको छ । जुन गीतले याे बर्ष आम दर्शककाे मन भने पक्कै जित्ने देखिन्छ । गायिका जानकी तारामी मगरकाे एकल आवाजमा रहेको तीज गितले दिदिबहिनी र माईती घरकाे सम्वन्धलाई मार्मिक शैलिमा चित्रण गरिएकाे छ ।
जानकी तारामी मगरको शब्द संगित र अावजमा रहेकाे म्युजिक भिडयाेमा माेडल नारायणी खत्री र बबिन सिंह ठकुरीले डिब्यु गरेका छन ।
स्मृति तिमिल्सिना(गुरुआमा)को निर्देशन, दुर्गा पौडेलको छयांकन नबिन घर्ति मगरको सम्पादन रहेको भिडियाे जानकी तारामी मगर अफिसियल युटुब च्यानलबाट सार्वजानीक भएकाे छ ।










