नाग्लिवाङ सेवा समाजको आयोजनामा स्वास्थ शिविर

-


     हिडन खबर    
     श्रावण २८ गते २०८१ मा प्रकाशित


काठमाडौं / सामाजिक सेवाकाे उद्देश्यले गठित नाग्लिवाङ सेवा समाज काठमाण्डौले हालै एक बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

समाजले धरभुत स्वास्थ केन्द्र , टोखा नगरपालिका वडा नं १०, पुणिमा प्लस मेडिकल सेन्टर गोङ्ग्बु ,नया बसपार्क, गन्डकी सपिङ सेन्टर प्रा.लि. गोङ्ग्बु गणेस्थान , नेपाल इन्टरनेशनल हेल्थ सर्भिस जमल काठमाडौं ,र समुन्नत नेपाल फाउन्डेसनको सहकार्यमा उक्त शिविर सम्पन्न भएको हो ।

उक्त शिविरबाट १ सय ४१ जनाले स्वास्थ सेवा लिएका थिए पछिल्लो समय विभिन्न कारण सर्वसाधारणहरुमा उच्च रक्तचाप, मधुमेह लगायतका रोगले ग्रसित भइरहेको सन्दर्भमा यस शिविरलाई अझ महत्वका साथ हेरिएको छ ।

समाजले काठमाण्डौमा आयोजना गरेको शिविरमा मुटुरोग, नाक कान, घाँटी तथा अन्य विशेषज्ञहरुको सहभागिता रहेको थियो ।

समाजका अध्यक्ष भोजबहादुर केसीले चिकित्सकको टोली तथा सहकार्य गर्ने संघ संस्था र आचार्य सोमनाथलाई विशेष धन्यवाद दिदै आगमी दिनमा थप सहकार्य गर्ने अपेक्षा व्यक्त गर्नुभएको थियो ।