
केपि कुमार जलन
कास्की / प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपाली हिन्दुनारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गीत निकाल्नेहरुको लहर ह्वात्तै बढेको छ ।
वर्षको एक पटक आउने तीज पर्वलाई मध्यनजर गर्दै तीज गीत निकाल्नेहरुको संख्या पनि उत्तिकै बढ्दो क्रममा रहेको छ ।
यस वर्ष २०८१ सालको तीज पर्व नजिकिदै गर्दा विगतमा जस्तै केही पुराना कलाकार र केही नयाँ कलाकारहरु बीच नयाँ तीज गीत निकाल्नका लागी दौडधुप गरेको पाईन्छ ।
यसै क्रममा प्रदेशी गायिका निसा क्षेत्रि “निशाना” काे नयाँ तीज गीत लाहुर सार्वजनिक भएको छ ।गीतले खासगरी चाडपर्वमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई उजगार गरेकाे छ।
तीज जस्ता महत्वपुर्ण चाडपर्वमा घर जान नपाउनेहरुको कथालाई गीतमा सर्लक्कै टिपिएको छ।कमजोर आर्थिक अवस्थाका कारण लाहुर जान वाध्य नेपाली कसरी चाडबाडमा पनि घर आउन पाउँदैनन् भन्ने यथार्थलाई गीतले फरक तरिकाले प्रस्तुत गरेको छ।
देबि खत्री ,निसा क्षेत्रीकाे शब्द र गायिकाद्वय निसा क्षेत्रिकाे संगितमा गायक युबराज आचार्य ,सुर्य खड्का ,र निसा क्षेत्रिकाे आवाज रहेकाे गितमा अर्जुन सापकोटा,तेजस रेग्मि सलिना खत्रिकाे दमदार नृत्य रहेकाे छ ।
कुमार केसीकाे निर्देशन,मुकेश नेपालीकाे छाँयाङकन र मनाेज कार्कीकाे सम्पादनमा रहेकाे भिडियाे निसा क्षेत्रि अफिसियल युटुब च्यानलबाट सार्वजानीक भएकाे छ।









