बागलुङमा ट्रिपर दुर्घटना ३ जना घाइते

-


     हिडन खबर    
     श्रावण २८ गते २०८१ मा प्रकाशित


बागलुङ ,श्रावण २८

बागलुङको ढोरपाटन नगरपालिका ६ खर्चुङ स्थित भित्री सडक खण्डमा गादीखोलाबाट तामेद्वार तर्फ जाँदै गरेको प्रदेश ३-०१००३ क ५१७२ नं.क खाली टिप्पर अचानक सडकबाट २५ मिटर तल खसी दुर्घटना भएको छ ।

दुर्घटनामा परेर ट्रिपरमा सवार ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।घाइतेहरूकाे उपचारको लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउद‌‌ै गरेको प्रहरीले जनाएको छ ।

दुर्घटना परेर चालक राज कुमार वि.क. ट्रिपरमा सवार तिर्थमान बुढा र हिमाल बुढा घाइते भएका छन् ।घाइतेहरूकाे अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।