बागलुङ श्रावण २९ कृषिमा आधुनिकरण संगै कृषि ज्ञान केन्द्रले परम्परागत रूपमा लगाउदै आएको आलु खेतीमा नयाँ प्रविधि भित्राए संगै बागलुङको ढोरपाटनका किसानले नया प्रविधि मार्फत आलु लगाउन थालेका छन । रैथाने जानको आलुलाई नया प्रविधिबाट खेती गर्न सुरु गरेका छन ।
नया जातको आलु लगाउदा उत्पादन धेरै भएपनि स्वादिष्ट नहुने रोग किरा छिटो लाग्ने भएका कारणले पनि किसाने नया जातका आलु छाडेर पुरानै जातका आलुलाई नया प्रविधिमार्फत खेती गरेका छन ।
किसानले पहिला पहिला मल जल नगरिकल पाखोबारीमा त्यसै लगाउने गरेकोमा अहिले प्राङगारिक मलको प्रयोग गरि डायाङ बनाएर लगाउने गरेकाे यसरी लगाउदा मल राख्न,सिचाई गर्न गोडमेल गर्न सजिलो हुने किसान चिरण घर्ती बताउछन ।
ढोरपाटनमा फागुनको पहिलो हप्तामा लगाउने गरेको आलु असोजको पहिलो हप्तामा किसाले खन्ने गर्दछन ।
यहाका किसाले न्युनतम पाच मुरीदेखि ५० मुरी सम्म आलु उत्पादन गर्ने गरेको र के जि लाई५० देखि ६० रुपया मा विकिरी हूनेगरेको किसानको भनाई छ । पुराना जातको आलु राम्रो र गुणस्तर हुने भएपछि किसानले यसको खेती नया तरिकाबाट गर्दै आएको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी कुमार पुनले बताए ।
ढोरपाटन क्षेत्रका निसीढोर गुर्जाहाट स्याल्पाखे
नवि छयाङटुङका किसानहरूले यसको व्यवसायीक खेती गर्दै आएका छन ।
बागलुङका किसानले उत्पादन गरेको आलु बागलुङ,पर्वत,बुटवल,पाल्पा,गुल्मी लगायतका जिल्लामा राम्रो बिक्रि वितरण हुदै आएको छ ।