
काठमाडौ । हिजोको दिनमा प्रमुख प्रतिपक्षमा हुदा चर्को स्वरमा बाेल्ने नेपाली कांग्रेसका सांसद गगन थापा एमाले कांग्रेस सरकार गठन भएपछि झण्डै एकमहिना सम्म चुपचाप भएको भन्दै बाहिर ठूलो आलोचना भएपछि थापाले मंगलबार भने संघीय संसदमा मलिन स्वरमा भएपनि समसामयिक बिषयमा बाेलेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरणबारे सरकारले दोषी उम्कदैन भन्ने आश्वस्त पार्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले एमालेसँगको गठबन्धन सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि बनेको भन्दै यसलाई बोलेर नभई काम गरेर प्रमाणित गर्नुपर्ने बताएका हुन् ।
प्रतिनिधि सभामा बिशेष समय लिएर बाेल्दै महामन्त्री थापाले गिरीबन्धु, भुटानी शरणार्थी,डेडिकेटेड टंकलाइनलगायतका सबै विषयमा सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने प्रस्ट पारे।
व्यक्ति फेरिए पनि सरकारको निरन्तरता हुने भन्दै सांसद थापाले वर्तमान सरकारले अघिल्ला निर्णय र अनुसन्धानकै आधारमा गिरीबन्धु टी–इस्टेटबारे अनुसन्धान गर्नुपर्ने बताए।
भ्रष्टाचारसम्बन्धी विधेयकहरू संसदमा विचाराधीन रहेका उल्लेख गर्दै थापाले नीतिगत भ्रष्टाचार केलाई मान्ने भन्ने विषय प्रस्ट पार्नुपर्ने धारणा राखे। भ्रष्टाचारमा हदम्याद हटाउनुपर्ने कांग्रेसको माग अब गठबन्धनमा रहेको एमालेको पनि माग हुनुपर्ने उनले बताए।
थापाले संघीय सरकारका मन्त्रीहरूलाई नागरिकले सेवा पाउने स(साना काम गर्न आग्रह गरेका छन्। उनले मन्त्रीहरूले दिनहुँजसो यो गर्छु, त्यो गर्छु भनेर भाषण गरिरहेको पनि बताए। मन्त्रीहरूले संसद आउने, सांसदका कुरा सुन्ने र मन्त्रालय गएर काम गर्नुपर्ने भन्दै थापाले बाहिर नबोल्न पनि आग्रह गरेका छन्।
थापाको अभिब्यक्ति पछि भने अहिले बनेको गठबन्धनको सरकारलाई काम गर्न भने केही दबाब सृजना हुने देखिन्छ लगभग दुई बर्ष सम्म संसदमा प्रभावकारी भुमिका खेल्न भने गार्हो देखिन्छ ।









