जुनियर रेडक्रस सर्कल पुनर्गठन

-


     हिडन खबर    
     श्रावण २९ गते २०८१ मा प्रकाशित


बागलुङ / नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा बागलुङ अन्तर्गत जुनियर रेडक्रस सर्कल चिल्ड्रेन लाईफ ईङ्लिस बोर्डिङ स्कुल बा. न.पा.१ रामरेखामा पुनर्गठन गरिएको छ।

बिद्यालयका बिद्यार्थी नकुल गिरिको अध्यक्षतामा ११ सदस्यीय युबा तथा जुनीयर रेडक्रस सर्कल पुनर्गठन गरिएको नेपाल रेडक्रस साेसाइटीका उपाध्यक्ष राजेन्द्र आचार्य बताए । सर्कलमा बिद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठ संरक्षक आ‌ेमकान्त कडेल शिक्षक नायक र राेहन जिसी
सह-शिक्षक नायकमा चयन भएका छन् ।

नेपाल रेडक्रस साेसाइटीले बागलुङका सामुदायिक र निजि बिद्यालयहरूमा जुनियर रेडक्रस सर्कल गठन गरेर आफ्नो सक्रियता बढाएको मात्र छैन बिद्यार्थीहरू पनि रेडक्रस प्रति चासो देखाइ रहेका छन् ।