समाचार

बागलुङ नगरपालिका १ को वडाअध्यक्षमा कांग्रेसका खत्री निर्वाचित

बागलुङ नगरपालिका वडा नम्वर १ बाट नेपाली काग्रेसले विजयी सुरुवात गरेको छ । पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका जयबहादुर खत्रीे ४ सय ७४ मतका साथ विजयी भएका हुन् । नेकपा एमालेका दुर्गे सार्कीलाई ८ मतले पछि पार्दै खत्री विजयी भएका हुन् । सार्कीले ४ सय ६६ मत प्रप्त गरेका छन् ।२०७४ सालको स्थानीय तह निर्वाचन सार्की विजयी भएका थिए । वडा सदस्यमा नेकपा एमालेबाट उम्मेदवार बनेका विजयी भएको छन् । महिला सदस्यमा एमालेका शान्ति देवि शर्माले ५ सय ३० मत,दलित… पुरा पढौ

बागलुङ नगरपालिकामा श्रेष्ठको अग्रता कायमै

बागलुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बसन्त कुमार श्रेष्ठले अग्रता कायम राखेका छन् । शनिबार अपरान्नदेखि सुरु भएको मत गणनामा ३ सय मत गन्दा श्रेष्ठले १ सय ७१ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार जनकराज पौडेलले ८५ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका राज् खड्काले १ सय ४३ मत ल्याएका छन् भने संजय खड्काले ७१ मत पाएका छन् ।अहिले बागलुङ नगरपालिका वडा नम्वर १ र १४ को मतगणना भैरहेको छ । पुरा पढौ

ताराखोला गाउँपालिका ५ मा गठबन्धनको प्यानल बिजयी

बागलुङको ताराखोला गाउँपालिका–५ मा ५ दलीय गठबन्धन बाट नेकपा माओवादी केन्द्रका मनबहादुर रोका विजयी हुनुभएको छ। वडा अध्यक्षमा विजयी रोकाले ८ सय ५४ मत प्राप्त गर्दै विजयी भएका हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका धनप्रसाद बुढाले २ सय १९ मत प्राप्त गर्नुभएको छ । ताराखोला गाउँपालिका–५ को खुल्ला महिला सदस्यमा माओवादीका पार्वती पुन रोका, दलित महिला सदस्यमा माओवादीकै जैकली दर्जी, खुल्ला सदस्यमा नेपाली कांग्रेसका तारानाथ कंडेल, खुल्ला सदस्यमा माओवादीका चन्द्रा रोका विजयी भएका छन् । पुरा पढौ

बागलुङ नगरपालिकामा काग्रेसका श्रेष्ठको अग्रता

बागलुङ नगरपालिकाको मेयरमा नेपाली काग्रेसकाका उम्मेदवार बसन्त कुमार श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । २ सय मतगणना हुँदा श्रेष्ठले १ सय ११ मत ल्याएर अग्रता लिएका हुन् । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । मेयरमा नेकपा एमालेका जनक पौडेलले ५७ मत ल्याएका छन् । उपमेयरमा नेकपा माओवादी केन्द्रका राजु खड्काले ९७ र राप्रपाका संजय खड्काले ५० मत ल्याएका छन् । अहिले बागलुङ नगरपालिका १ र १४ को मतगणना भैरहेको छ । पुरा पढौ

बागलुङ नगरपालिकामा मतगणना शुरू

साविक धौलागिरिकै सबैभन्दा पुरानो बागलुङ नगरपालिकाको मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको भवनमा शनिबार अपरान्नबाट मतगणना सुरु भएको हो । शुक्रबार सम्पन्न निर्वाचनको सर्वदलिय बैठक निश्कर्षमा पुग्न नसकेको कारण ढिला गरि मतगणना सुरु भएको छ । शनिबार विहानबाट गणना गर्ने भनियपनि नेकपा एमालेले वडा नम्वर ११ मा गठवन्धनले धादलि गरेको भन्दै विरोध गरेको कारण ढिलो गरि मतगणना सुरु भएको हो ।शनिवार दिउसो भएको सहमति पछि बागलुङ नगरपालिका वडा नम्बर १ र १४ को मतगणना दुईवटा ठाउँमा गणना गर्न… पुरा पढौ

बागलुङ नगरपालिको मतगणना ४ बजेबाट

बागलुङ नगरपालिकाको मतगणना शनिवार दिउसो ४ बजेबाट सुरु गरिने भएको छ । जिल्ला समन्वय समितिमा बसेको सर्वदलीय बैठकले ४ बजेबाट गर्ने निर्णय गरेको छ । १४ वटा वडा रहेको नगरमा ४० हजार ४ सय १८ मतदाता रहेको पोखरामा २५ हजार ८ सय ४१ मत खसेको थियो । मत हाल्नेमा पुरुष भन्दा महिलाको संख्या बढिरहेको छ ।१४ हजार ४ सय ५० महिला मतदाताले मतदान गरेका छन् भने ११ हजार ३ सय ९१ जना पुरुषले मतदान गरेका छन् । पुरा पढौ

बागलुङको निसिखोला गाउँपालिकामा गठबन्धनको अग्रता

स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार निसिखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार बनेका नेपाली काग्रेसका सुर्य बहादुर घर्तिले अग्रता लिएका छन् । निसिखोला गाउँपालिका वाड नम्बर १ को कुल १ हजार ३ सय ७९ मध्ये मा १ हाजार १०० मत गणना गर्दा सम्म घर्तिले ५०९ प्रप्त गर्दै अगैता लिएको हुन् त्यस्तै एमालेका भूमिराज घर्तिले ४ सय ३३ मत प्राप्त गरेका छन् । राप्रपाका कृष्ण बहादुर महतले ४१ मत प्रप्त गरेका छन् । पालिकाको उपाध्यक्षमा गठवन्धनका प्रेम घर्ति मगरले ४ सय ७७… पुरा पढौ

अझै सुरु भएन बागलुङ नगरपालिकामा मतगणना

बागलुङ नगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । शुक्रबार भएको निर्वाचनमा बागलुङ नगरपालिका वडा नम्वर ११ रायडाँडामा धादलि भएको भन्दै नेकपा एमालेले विरोध गरेका कारण मतगणना सुरु हुन नसकेको हो । नेकपा एमालेले रायडाडाको मतदान केन्द्र क मा फर्जिमत परेको आरोप लगाउदै पून मतदानको माग गरेको कारण सर्वदलीय बैठक नै बस्न सकेको छैन । बिहान ८ बजे सर्वदलीय बैठक भने पनि बैठक १० बजेलाई सारिएको छ ।फर्जि मत परेको आफुहरुसँग भिडियो समेत रहेकोले त्यहा पून मतदान हुनुपर्ने पार्टीको माग… पुरा पढौ

बागलुङको गलकोट नगरपालिकामा कांग्रेसको अग्रता

गलकोट नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । दुदिलाभाटी र रिघाको पहिलो चरणको परिणाममा नेपाली कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर सुरुआती अग्रता लिएका छन् । यस्तै एमालेका पूर्णबहादुर काउचाले ३ सय ५० , स्वतन्त्र मञ्जु शर्माले १५९ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनका फमलाल निउरे ४ सय ९४, एमालेका रुपा विकले ३ सय ६५, स्वतन्त्र उम्मेदवार तिलक उप्रेतीले ५५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गलकोटले जनाएको छ । पुरा पढौ

गलकोट नगरपालिका: ६१० मतगणनामा गठवन्धनको अग्रता

गलकोट नगरपालिकामा गठबन्धनले सुरुवाती अग्रता लिएको छ । ६ सय १० मत गणना गर्दा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार भरत शर्मा गैरेले २६९ मत ल्याएका छन् । यस्तै पूर्णबहादुर काउचा (सुर्य) १०५, स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा (मुढा) ९९, हलोमा १ र गुलाव फुलमा २ मत प्राप्त भएको छ । उपमेयरमा गठबन्धनका फमलाल निउरे (हँसिया हथौडा) २४४, रुपा विक (सुर्य) १२०, तिलक उप्रेती (मुढा) ४२ प्राप्त भएकाे गलकोट नगरपालिका निर्वाचन अधिकृत नेत्र प्रसाद भुसालले जनाएको दिनुभएको छ । पुरा पढौ