राष्ट्रिय युवा संघ बागलुङको १३औं जिल्ला अधिवेशन: तयारी पूरा

-


     हिडन खबर    
     फागुन २७ गते २०७९ मा प्रकाशित


नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ बागलुङको जिल्ला अधिवेशन भोलि फाल्गुन २८ गते हुँदैछ ।

जिल्लाको सदरमुकाम बागलुङ बजारमा आइतबार हुने १३ औं जिल्ला अधिवेशनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवं बागलुङ इन्चार्ज रेशम घर्ती मगरले बताउनुभयो ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने इन्चार्ज घर्तीले बताउनुभयो ।

यद्यपि युवा संघको नेतृत्वका लागि धेरैले आकाँक्षा देखाएका बुझिएको छ ।