अन्तर विद्यालय स्तरीय कवड्डी प्रतियोगिताको उपाधि युएस एकेडेमीलाई: तस्बिरहरु

- लियो क्लब अप बागलुङ कालीगण्डकीको आयोजनामा अन्तर विद्यालय स्तरीय छात्रा कवड्डी प्रतियोगितामा कालिका कन्या मन्दिरले द्वितीय स्थान प्राप्त गरेको थियो

-


     हिडन खबर    
     फागुन २४ गते २०७९ मा प्रकाशित


११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लियो क्लब अप बागलुङ कालीगण्डकीको आयोजनामा अन्तर विद्यालय स्तरीय छात्रा कवड्डी प्रतियोगिता सम्पन्न भएको छ ।
बागलुङ नगरपालिका भित्रका ८ विद्यालयको सहभागीता रहेको प्रतियोगितामा युएस एकेडेमीले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा कालिका कन्या मन्दिर माध्यमिक विद्यालयले द्वितीय स्थान हाँसिल गरेको छ ।

प्रमुख अतिथि एवं विशिष्ट अतिथिहरुद्वारा प्रतियोगितामा प्रथम हुने युएस एकेडेमीले ५ हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र र द्वितीय हुने कालिका कन्या मन्दिरले ३ हजार ३ सय ३३ मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको समापन एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उप-प्रमुख राजु खड्काले युवाहरूलाई समाजसेवामा जोड्ने गरि स्थापना भएको क्लवको महिलाहरू महान दिवसको अवसरमा आयोजित यो कार्यक्रमले युवाहरूको लगनशीलतालाई समेत प्रोत्साहित गरेको बताउनुभयो ।

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नयाँ सन्देश दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुगम खड्काले बताउनुभयो ।

गुराँस विद्या सदरको प्राङ्गणमा भएको कार्यक्रम क्लवका अध्यक्ष सुगम खड्काको अध्यक्षता, उप-प्रमुख राजु खड्काको प्रमुख आतिथ्यता र सचिव प्रसान्त सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।