धौलागिरी बहुमुखी क्याम्पसको गम्भीर लापरबाही, विद्यार्थी संगठनद्वारा निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी

- स्वतन्त्र विद्यार्थी युनियनको चुनावको पुर्व सन्ध्यामा निर्वाचन प्रभावित पार्ने नियतले वास्तविक विद्यार्थीको विवरण नै ख्याल नगरि आफुखुसी फर्जी परिचयपत्र वितरण गरेको भन्दै बामपंथी निकट विद्यार्थी संगठनहरुद्वारा निर्वाचन अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।

-


     हिडन खबर    
     फागुन २५ गते २०७९ मा प्रकाशित


विद्यार्थीको फर्जि परिचयपत्र भेटिएको भन्दै बागलुङको धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनावको पुर्व सन्ध्यामा निर्वाचन प्रभावित पार्ने नियतले वास्तविक विद्यार्थीको विवरण नै ख्याल नगरि आफुखुसी फर्जी परिचयपत्र वितरण गरेको भन्दै बामपंथी निकट विद्यार्थी संगठनहरुद्वारा निर्वाचन अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।

स्ववियु निर्वाचनका लागि छुट्टै परिचयपत्र जारि गर्ने माग सहित अनेरास्ववियुका धवलागिरि बुहुमुखी क्याम्पसका इकाइ अध्यक्ष अनिल शर्मा, अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष खिमानन्द कँडेल विकास, अखिल क्रान्तिकारी बहुमतका इकाइ अध्यक्ष दिवश खड्का, अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष सुदन विक विप्लव र अखिल संयुक्त प्यानलका प्रविण सापकोटाले एक वक्तव्य जारी गरेको अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष खिमानन्द कँडेल विकासले बताउनुभयो ।

परिचयपत्रमा एउटाको नाम अर्कैको फोटो:
क्याम्पसले जारी गरेको विद्यार्थी परिचयपत्र नै फर्जी भेटिएको छ । क्याम्पस प्रमुखले हस्ताक्षर गरेको परिचयपत्रको समेत विवरण र फोटो फरकपर्दा निर्वाचनको निष्पक्षतामा शंका उत्पन्न भएको अखिल क्राान्तिकारीका अध्यक्ष सुदन विकले बताउनुभयो ।

नाम एउटाको र फोटो अर्कैको

स्ववियु निर्वाचन घोषणापछि क्याम्पस प्रशासनले भर्ना गरेका नयाँ विद्यार्थीहरुको विषयमा छानविन गर्न पनि माग गरेका छन् । क्याम्पसका कतिपय प्राध्यापक र कर्मचारीहरुले निर्वाचनलाई प्रभाव पार्ने गरी अवांछितगतिविधिहरुमा संग्लन्न भएको वक्तव्यमा उल्लेख छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निष्पक्ष र शान्तिपुर्ण ढंगले सम्पन्न गर्नको लागि क्याम्पस प्रशासनले फर्जि परिचयपत्रको छानविन गरी असंम्बन्धित विद्यार्थीहरुलाई मतदात सुचिबाट हटाउनु पर्ने र क्याम्पस प्रशासनले निर्वाचन प्रयोजन लागि सहायक क्याम्पस प्रमुखको एकल हस्ताक्षर भएको अस्थायी परिचयपत्र जारी गर्नु पर्ने वक्तव्यमा उल्लेख गरिएछ ।

विद्यार्थी संगठनहरुले राखेका विभिन्न मागहरुको विषयमा भोलि बैठक बसि समाधान खोजिने, निर्वाचन शान्तिपुर्ण ढंगले सम्पन्न गर्ने कार्यक्रम रहेको र यसको लागि सबैको सहयोग आवश्यक भएको क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्यायले बताउनु भयो । भोलि निर्वाचन समितिले मनोनयनको फर्म वितरण गर्ने कार्यतालिका रहेको छ । फागुन २७ गते शनिबार उम्मेदवारी दर्ता र चैत्र ५ गते मतदानको कार्यक्रम रहेको क्याम्पस प्रशासनले जनाएको छ ।