समाचार

बागलुङको कालिमाटीमा मौदगल्य ऋषिको मूर्ति निर्माण

बागलुङ, फागुन ११ बागलुङ नगरपालिका–७ कालिमाटीमा पहरा खोपेर मौदगल्य ऋषिको मूर्ति निर्माण गरिएको छ। निउरे मौदगल्य प्रतिष्ठान बागलुङको पहलमा करिब १५ लाख रुपैयाँ खर्चेर मूर्ति निर्माण गरिएको हो। नवनिर्मित मूर्तिको आइतबार वैदिक विधिअनुसार प्राण प्रतिष्ठा गरिएको छ। कालिमाटीस्थित एक विशाल पहरालाई खोपेर कलात्मक ढंगमा मूर्ति बनाउन स्थानीयवासीले आर्थिक सहयोग गरेका थिए। प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा निउरे वन्दुहरूको उपस्थितिमा ब्राह्मणहरूले वैदिक विधिअनुसार प्राण प्रतिष्ठा सम्पन्न गरेका हुन्। यस अवसरमा विशेष पूजा, अर्चना, अखण्ड दीप प्रज्वलन तथा… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघमा ३ महिने सिलाइ–कटाइ तालिम सुरु

लेखनाथ, १० फागुन — लेखनाथ उद्योग वाणिज्य संघमा तीन महिने सिलाइ–कटाइ तालिम आइतबारदेखि सुरु भएको छ। यो तालिम सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा तथा लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा सञ्चालन गरिएको हो। उद्घाटन समारोहमा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले व्यवसायीलाई सफल बनाउन र नयाँ उद्यमी उत्पादन गर्ने विषयमा संघ सधैं चिन्तनशील रहेको उल्लेख गर्दै, तालिममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्दै स्वरोजगार बन्न आग्रह गरिन्। व्यवसायिक सीप विकास तालिम केन्द्रका प्रमुख… पुरा पढौ

निर्वाचन चिन्हको भौतिक स्वरूप प्रयोग नगर्न आयोगको आग्रह

काठमाडौं। निर्वाचन आयोग, नेपालले निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचन चिन्हको भौतिक स्वरूप प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको छ। आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा सहभागी केही राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसारका क्रममा निर्वाचन चिन्हको भौतिक स्वरूप (धातु, काठ वा अन्य सामग्रीबाट बनाइएका चिन्ह) प्रयोग गरेको भन्ने सूचना तथा गुनासा प्राप्त भएको जनाएको छ। यस्तो गतिविधिले जनमानसको शान्ति र सुरक्षामा प्रतिकूल असर पर्न सक्ने आयोगको ठहर छ। विज्ञप्तिमा कपडा, तुल, फ्लेक्स वा कागजमा छापेर… पुरा पढौ

एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं, १० फागुन – किर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश मर्हजन तथा वडा नं. ६ का पूर्व वडाअध्यक्ष नुच्छे मर्हजनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ। उहाँहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता बामदेव गौतमलगायत नेताहरूले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको हो। पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी विभिन्न कम्युनिष्ट शक्तिहरूको एकताबाट बनेको उल्लेख गर्दै यस एकता अन्ततः सिंगो एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले… पुरा पढौ

परोपकार कुञ्जधाम विस्तारार्थ महायज्ञमा भक्तजनहरूकाे उत्साहजनक सहभागिताः

बुटवल । फागुन १० राष्ट्रिय परोपकार महासंघको आयोजनामा बुटवल–१५, सेमलारमा जारी परोपकार कुञ्जधाम विस्तार महायज्ञमा भक्तजनहरूको उत्साहजनक सहभागिता भइरहेको छ। महायज्ञमा सहभागी भक्तजनहरूले आफ्नो क्षमता अनुसार दान प्रदान गरिरहेका छन्। महायज्ञमा जग्गादाता बुटवल–१५ निवासी भिमबहादुर खत्रीले २० लाख १ हजार रुपैयाँ सहयोग गर्नुभएको छ। त्यस्तै बुटवल–१४ निवासी रिमकला न्यौपानेले स्वर्गीय छोरा सुदीप न्यौपानेको स्मृतिमा परोपकार कुञ्जधाम परिसरमा विशाल कलश स्तम्भ निर्माणका लागि ३ लाख ११ हजार १ सय ११ रुपैयाँ योगदान गर्नुभएको छ। साथै उहाँले प्रसाद व्यवस्थापनका लागि थप ३५… पुरा पढौ

बागलुङमा सामुदायिक तथा घरपालुवा कुकुर–बिरालोको बन्ध्याकरण

बागलुङ, भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङको आयोजनामा र बागलुङ नगरपालिकाको समन्वयमा सामुदायिक तथा घरपालुवा कुकुर–बिरालोको बन्ध्याकरण कार्यक्रम सुरु गरिएको छ। कार्यक्रमको पहिलो दिन १९ घरपालुवा र ५१ सामुदायिक गरी कुल ७० कुकुरको बन्ध्याकरण गरिएको छ। सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन तथा रेबिज रोगको प्रकोप न्यूनीकरण गर्न यो कार्यक्रम सञ्चालन गरिएको बागलुङ नगरपालिकाले जनाएको छ। निःशुल्क रूपमा सञ्चालन भइरहेको यो शिविर दुई दिनसम्म जारी रहनेछ। पुरा पढौ

बागलुङमा ५ थान इजाजतविहीन भरुवा बन्दुक बरामद

बागलुङ, फागुन ८ जिल्ला प्रहरी कार्यालय बागलुङले विशेष अपरेशनमार्फत ५ थान इजाजतविहीन भरुवा बन्दुक बरामद गरेको छ। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै अवैध हातहतियारको दुरुपयोग हुन सक्ने जोखिमलाई मध्यनजर गरी प्रहरीले जिल्लाभर विशेष निगरानी र खोजतलास अभियान सञ्चालन गरेको थियो। सोही क्रममा स्थानीय नागरिकको सूचना तथा सहयोगमा जिल्लाका विभिन्न स्थानबाट बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुचना अधिकारी बसन्त पाण्डेले बताए । प्रहरीका अनुसार काठेखोला गाउँपालिका–३ स्थित धम्जा सायकटेरा क्षेत्रको जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा थप ४… पुरा पढौ

बुटवलको सेमलारमा परोपकार कुञ्जधाम विस्तारका लागि महायज्ञ जारी

बुटवल, फागुन ८ – राष्ट्रिय परोपकार महासंघले बुटवल–१५, सेमलारमा परोपकार कुञ्जधाम विस्तारका लागि आयोजना गरेको “श्रीमद्भागवत धन–धान्याचल ज्ञान–महायज्ञ २०८२” आज पनि उत्साहपूर्वक जारी छ। हिजो उद्घाटन भएको महायज्ञमा श्रद्धालु भक्तजन र समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। महायज्ञको कथा वाचनको पहिलो दिनमा महासंघका परिकल्पनाकार, संरक्षक तथा अध्यक्ष भागवत् भास्कर कमलनयन गौतमले श्रीमद्भागवत कथा प्रस्तुत गरिरहेका छन्। गुरूद्वारा दैनिक रूपमा संगीतमय शैलीमा हुने कथा वाचनले उपस्थित श्रद्धालुमा धार्मिक भक्ति र सेवा भाव अभिवृद्धि भइरहेको छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमहायज्ञ अवधिभर… पुरा पढौ

थानापति मन्दिर पुनःनिर्माण अभियान सुरु, पहिलो दिनमै करिब १७ लाख संकलन

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५, दाँगमा अवस्थित प्रसिद्ध थानपति बाबा मन्दिरको पुनःनिर्माणका लागि वृहत् सहयोग संकलन अभियान सुरु गरिएको छ। मन्दिरमा पूजा–आराधनाको अवसरमा आयोजित विशेष कार्यक्रममा अभियानको सुरुवात गरिएको हो। बडिगाड गाउँपालिका–५ वडा कार्यालयको समन्वय, अध्यक्षको विशेष उपस्थिति तथा थानपति मन्दिर संरक्षण तथा प्रवर्द्धन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा १६ लाख ७९ हजार ७ सय रुपैयाँ बोल रकम संकलन भएको समितिका अध्यक्ष लोकनाथ घिमिरेले जानकारी दिनुभयो। यस क्षेत्रको आस्थाको धरोहर मानिने मन्दिरमा विगतमा सरकारी तवरबाट टुक्रे योजनामा रकम छुट्टिने गरे पनि एकीकृत… पुरा पढौ

बागलुङ-२ मा संयुक्त बाम उमेदवार ज्ञामनाथ गैरेकाे चुनावी कार्यक्रम

बागलुङ फागुन ७ नेकपा र राजमोका संयुक्त बाम उम्मेदवार ज्ञामनाथ गैरे (अनिल)को जनभेटघाट तथा घरदैलो कार्यक्रम गलकोट नगरपालिका–११, सानो रिघामा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गैरेले भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। उनले निर्वाचनमार्फत आफूलाई विजयी बनाए राष्ट्रलाई सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। भेटघाटमा नेकपा केन्द्रीय सदस्य फमलाल निउरे, केन्द्रीय सदस्य राजीव घिमिरे, राजमो जिल्ला सचिव भिमलाल पोखरेललगायतको टोली सहभागी थियो। कार्यक्रम राजमो भक्तिराम पुनको अध्यक्षता, राजमो रणबहादुर पुनको स्वागत तथा नेकपा… पुरा पढौ