स्वास्थ्य

स्वास्थ स्वयंसेवीकालाइ पुनर्ताजगी तालिम सम्पन्न

बागलुङ /स्वास्थ्य कार्यालय बागलुङको आयोजना तथा गलकोट नगरपालिकाको समन्वयमा संचालन भएको महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविकाको पुनर्ताजगी तालिम सम्पन्न भएको छ। गलकोट नगरपालिका वडा नम्बर १,२ र ३ का २९ जनामहिला स्वयंसेविकाकाे सहभागिता रहेको तालिमको सहजीकरण स्वास्थ्य कार्यालय बागलुङकी पब्लिक हेल्थ नर्सिङ निरक्षक सीमा कुँवर , गलकोट नगरपालिका स्वास्थ्य शाखामा कार्यरत अ.न.नि रिमा बोसेल, जनस्वास्थ्य निरिक्षक अनिता कार्की,सिनियर अनमी माधवी शर्मा लगायतका प्रशिक्षकहरुद्वारा सहजीकरण गरिएको थियो। गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत शुशील पौडेलले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएकाे… पुरा पढौ

पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ६४ जनाले लिए सेवा

बागलुङ /पाठेघरको  जाँच सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।धौलागिरी अस्पताल बागलुङको आयोजना र काठेखोला गाउँपालिका बागलुङको व्यवस्थापनमा काठेखोला गाउँपालिका वडा नम्बर २ अक्षतेमा पाठेघर तथा आङ खसेका महिलाहरूको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हाे । शिविरमा ६४ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो जसमा ४ जना महिलालाई धौलागिरी अस्पताल बागलुङमा सल्यक्रिया हुने भएको छ । शिविरमा प्रमुख कन्सल्टेन्ट गाइनोकाेलोजिस्ट डा. श्री रेखा पौडेल, कन्सल्टेन्ट गाइनाेकाेलाेजिस्ट डा. श्री विजय ओझा, consultant जनरल सर्जन डा. दिपेन्द्र शर्मा, कन्सल्टेन्ट एनेस्थेसियाेलाेजिस्ट डा. श्री… पुरा पढौ

आई.पि.भि. खोप लगाउन वञ्चित बालबालिकालाई खाेप

बागलुङ / स्वास्थ कार्यालय बागलुङको आयोजनामा जिल्ला खाेप समन्वय समिति र सराेकारवाहरू र संचारकर्मिहरू बिच अभिमुखी कार्यक्रम गरेर पाेलियाे राेग विरुद्दकाे प्रतिराेधात्मक क्षामता बढाउन आईपिभी खाेप अभियान शुरू हुने भएको छ । आई.पि.भि. खोप लगाउन वञ्चित बालबालिकाहरूमा पोलियो देखिने जोखिम हुँदा अभियान मार्फत खोप लगाइने भएको छ । नेपालमा आई.पि.भि. खोप २०७१ सालदेखि बालबालिकालाई बागलुङ जिल्ला आई.पि.भि. खोप अभियान सञ्चालन हुने भएको छ । जेठ १३ गतेदेखि २२ गतेसम्म जिल्लामा आई.पि.भि. खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ… पुरा पढौ

ट्राफिक प्रहरीको स्वास्थ्य जाँच

बागलुङ/ट्राफिक सप्ताहको अन्तिम दिन सोमबार धौलागिरि अस्पताल बागलुङको समन्वयमा ट्राफिक प्रहरीहरुको स्वास्थ्य जाँच गरिएको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङ र मातहतमा रहेका ट्राफिक विटमा कार्यरत १७ जना ट्राफिक प्रहरीको स्वास्थ्य जाँच गरिएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख सुमन निउरेले बताउनुभयो । बढ्दो जनघनत्व र सवारी चापले अव्यवस्थित बनेको बागलुङ बजारमा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न अहोरात्र खट्ने ट्राफिक प्रहरीको स्वास्थ्य चुस्त राख्न धाैलागिरि अस्पताल बागलुङको समन्वयमा सुगर, पिसाब जाँच र इसिजी गरिएको हो । पुरा पढौ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाडौँ, ३० वैशाख : प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताउनुभएको हो । “नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होमहरूमा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ ।” पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा विस्तारका… पुरा पढौ

दन्त परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौँ, २६ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुग्नुभएको छ। आज बिहानदेखि दाँतमा दुखाइको महशुस भएपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुग्नुभएको हो। अहिले डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको काम गरिरहेको छ। पुरा पढौ

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताउनुभयो । “सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निकै ठूलो मेहनेत र सङ्घर्षबाट प्राप्त भएको नागरिको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्त्व पूरा गर्न सरकार गम्भीर भएर… पुरा पढौ

बागलुङका तीन स्थानिय तहमा महिलाहरुका लागि निशुल्क शिविर हुने

बागलुङ । धौलागिरि अस्पताल बागलुङको आयोजनामा बागलुङका तीन स्थानिय तहमा पाठेघर तथा आङ खस्ने महिलाहरुका लागि निशुल्क स्क्रिनिङ शिविर हुने भएको छ ।महिलाहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालयको सहयोग र स्थानिय तहका स्वास्थ्य कार्यालयहरुको समन्वयमा बागलुङ बरेङ गाउँपालिका, जैमिनी नगरपालिका र काँठेखोला गाउँपालिकामा शिविर संचालन गरिने धाैलागिरि अस्पतालले जनाएको छ । धौलागिरि अस्पताल बागलुङले पत्रकार सम्मेलन गरि बरेङ गाउँपालिकामा बैशाख २९ गते जैमिनी नगरपालिका जेठ ५ गते र काँठेखोला गाउँपालिकामा जेठ १२ गते शिविर संचालन… पुरा पढौ

रगतको अभाव हुन नदिन चन्द्रागिरिमा रक्तदान

काठमाडौ ,बैशाख २२ /रगतको अभाव हुन नदिने उदेश्यले नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्तसञ्चार सेवा काठमाडौकाे अभियान लाई सामाजिक संघसंस्थाले साथ दिएपछि रक्तदान गर्नेहरूकाे संख्या बढेर गएको छ । सामाजिक  संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन गर्ने अभियान चलिरहेको छ । कुनै बिरामीको रगत अभावका कारण मृत्यु हुन नपराेस भन्ने उदेश्यले सामाजिक संघसंस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमले धेरैलाई राहत मिल्दै आएको छ । पछिल्लो समय स्थापना भएका सामाजिक संघसंस्थाहरू  नेपाल रेडक्रस साेसाइटी रक्तसञ्चार केन्द्रलाइ सहयोग गरिरक्तदान गर्ने गराउने अभियानमा सक्रियता बढाउन थालेपछि तत्काल रगत… पुरा पढौ

बागलुङको १४ नम्बर वडा पूर्ण खाेप सुनिश्चित वडा घाेषणा

बागलुङ /स्वास्थ्य चौकी बाट अनलाइन डिजिटल खोप कार्ड शुभारम्भ गरि १४ वटा वडा रहेको बागलुङ नगरपालिकाकाे १४ नम्बर वडा नारायणस्थान पूर्ण खोप सुनिश्चित भएको वडा घोषणा गरिएको छ। स्वास्थ्य चौकी बाट अनलाइन डिजिटल खोप कार्ड शुभारम्भ गरिएको छ।वडाध्यक्ष चक्रबहादुर खत्री अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बाग्लुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले वडा स्तरीय प्रोफाइल अन्तर्गत स्वास्थ्य प्रोफाइल बाट अनलाइन डिजिटल खोप कार्ड प्रिन्ट गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। १६ महिनादेखि ५९ महिनासम्मका ३२ जना बच्चाहरूलेसमयमै लगाउनुपर्ने सबै खालको खाेप… पुरा पढौ