
बागलुङ / गण्डकी प्रदेशको धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा डा. किरण तिवारी नियुक्त भएका छन् मंगलवारदेखि तिवारीले पद संहालेका छन् ।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तिवारीलाई यस अघिनै प्रमुखमा नियुक्ती गरेको थियो । मंगलवार उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले नियुक्ती पत्र प्रदान गर्दै स्वागत समेत गरेका हुन् ।
मन्त्रीपरिषद पोखराको कात्तिक १३ गतेको पत्र बुझेपछि तिवारीले अस्पतालको नेतृत्व संहालेका छन् ।
पदभार ग्रहण गरेका तिवारीले जिम्मेवारीलाई कुशलता पूर्वक बहन गर्ने बताए ।
उनले अस्पताललाई चुस्त व्यवस्थापन बनाउन सबै तह र तप्काको साथ र सहयोगको पनि अपेक्षा गरेको बताए ।
पदभार ग्रहण पछि अध्यक्ष पौडेलले पनि अस्पतालको व्यवस्थापन चुस्त बनाउन तिवारी नेतृत्व सफल हुनुपर्ने धारणा राखे । अस्पतालका निमित्त मेसु प्रभातसिंह राजपुतको अध्यक्षता, डाक्टर अमित ढुंगानाको स्वागत मन्तव्य र नवराज शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
धाैलागिरी अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन (एघाराै तह) डा. श्री रवि रंजन प्रधानलाई प्रमुख मेडिकल सुपरिटेन्डेन्ट कै जिम्मेवारी दिएर म्याग्दीमा सरूवा गरेको छ भने डा. श्री किरण तिवारी धाैलागिरी अस्पतालकाे प्रमुख मेडिकल सुपरिटेन्डेन्ट हुनु भएकाे छ ।










