
बागलुङ / धाैलागिरि अस्पताल बागलुङले सार्वजनिक सुनुवाइ कार्यक्रम नगरेको भन्दै भ्रष्टाचार बिरूद्व नागरिक निगरानी संस्थाले आपत्ति जनाएर पत्राचार गरेको छ ।
बागलुङ /भ्रष्टाचार बिरूद्व नागरिक निगरानी संस्था बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले मंसिर १६ गते धाैलागिरि अस्पताल बागलुङकाे नाममा पत्राचार गरि नागरिकको बिबिध बिषयमा अस्पताल बाट दिइने सेवा सुविधा बारे सार्वजनिक सुनुवाइ गरेर सुसूचित गर्नुपर्नेमा अहिलेसम्म नगरेको भन्दै सराेकारवाला समेतकाे ध्यानाकर्षण गर्दै पत्राचार गरेको जनाएको छ ।
सराेकारवाला संघसंस्था ,नागरिक समाज ,उपभोक्ता अधिकारकर्मि ,मानवअधिकारकर्मि ,जेष्ठ नागरिक ,महिला अधिकारकर्मि समेतलाई राखेर सार्वजनिक सुनुवाइ गर्न ढिलो भएको भन्दै तुरुन्त कार्यक्रम गर्न अनुरोध गरेको अध्यक्ष श्रेष्ठले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पाेखरा ,जिल्ला प्रशासन कार्यालय बागलुङ र बागलुङ नगरपालिका कार्यालय बागलुङ लाई बाेधार्थ समेत दिएर दबाब सृजना गर्न खाेजेकाे श्रेष्ठले बताए ।
अस्पतालमा केही समयदेखि नागरिकले पाउने स्वास्थ सेवा सुविधा सन्तोषजनक नभएको गुनासो आएपछि अहिले देखिएको समस्या हल गर्न आवाज उठाएको संस्थाले जनाएको छ ।










