पर्वत नाग्लिवाङमा बृहत् स्वास्थ्य शिविर हुने

-


     हिडन खबर    
     पौष ३ गते २०८१ मा प्रकाशित


पर्वत ।नाग्लिवाङ सेवा समाज काठमाडौंकाे आयोजना जलजला गाउँ पालिका नाग्लिवाङ स्वास्थ्य चाैकी पर्वतको सहकार्य र रिजनल हस्पिटल प्रालि पाेखराकाे प्राविधिक सहयोगमा नाग्लिवाङ्गमा पुस ६ गते शनिबार निशुल्क स्वास्थ शिविर हुने भएको छ ।

गाउँ घरमै बिशेषज्ञ स्वास्थ्य सेवा दिने उदेश्यले आयोजना गरिएको निशुल्क स्वास्थ शिविरमा मुटुरोग बिशेषज्ञ सहित को टोलि आ‌ैषधी , इको इसिजि सेवा भिडिओ एक्सरे सहितकाे स्वास्थ सेवा दिने नाग्लिवाङ सेवा समाज काठमाडौंका अध्यक्ष भाेज बहादुर केसीले बताए ।

शनिबार हुने स्वास्थ्य शिविरमा स्वास्थ्य समस्या भएका बिरामीहरूलाइ स्वास्थ जाँच गरि सेवा लिन समाजले अनुरोध गरेको छ ।शिविर मार्फत धेरै भन्दा धेरै स्थानीयलाई
स्वास्थ सेवा आ‌‌‌ैषधी दिने कार्यक्रम रहेको अध्यक्ष केसीले बताए ।