मुस्ताङ र मनाङमा पनि डेङ्गी देखियो= स्वास्थ्य मन्त्री पाठक

-


     हिडन खबर    
     असाेज २२ गते २०८१ मा प्रकाशित



बागलुङ ,असाेज २ गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले दे प्रभावित डेङ्गी अहिलेसम्म मनाङ र मुस्ताङमा नदेखिएञकोमा  अहिले डेङ्गी देखिएको बताए ।

प्रेस चाैतारी नेपाल बागलुङले सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री पाठकले अहिले डेङ्गी गण्डकी प्रदेशमा धेरै देखिएको हुदा यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको बताए ।

गण्डकी प्रदेशका अस्पतालहरूमा अहिले ठूलो मात्रामा बिरामीहरू डेङ्गी परिक्षण गर्न आउने गरेकाहरूकाे परिक्षणकाे लागि कीट प्रयाप्त मात्रामा ब्यवस्थाप मिलाइएको हुदा समस्या नभएको बताए ।

स्वास्थ्य मन्त्री पाठकले गण्डकी प्रदेशको कुन जिल्ला के कति डेङ्गु का बिरामी छन् भन्ने विवरण प्रस्तुत गरेका थिए ।धाैलागिरि अस्पताल बागलुङ भित्र धेरै बेथिति रहेको हुदा त्यसलाई सुधार गर्ने माैका दिएको त्यो नभएको खण्डमा आफुले आफ्नो तर्फबाट कदम चाल्ने बताए ।

आफुले गण्डकी प्रदेशकाे बागलुङ स्याङ्जा तनहुँमा मेडिकल कलेज संचालन गरेर धेरै डाक्टर स्वास्थ्यकर्मी तयार गर्ने योजना बनाएको त्यसको लागि निति र विधि बनाउने क्रममा रहेको स्वास्थ्य मन्त्री पाठकले बताए ।

स्वास्थ क्षेत्रमा संसारकै सबैभन्दा कहालीलाग्दो अवस्था नेपालमा रहेको नेपाल पनि बागलुङ जिल्लामा रहेको स्वास्थ्य संस्था पनि यस्तो हुन्छ भनेर भन्न समेत लाजमर्दो रहेको एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले बताए ।

बागलुङ जिल्ला बाट पहिलोपटक स्वास्थ मन्त्री पाउदै गर्दा बागलुङको धाैलागिरि अस्पतालकाे ब्यवस्थापन सहि ढंगले चल्न नसक्दा अस्पताल उपचारको लागि आउने बिरामी मर्कामा परेका छन् ।सानोतिनो उपचारको लागि पनि समस्या झेल्नुपरेको गुनासो मन्त्री पाठकलाई पत्रकारहरूले गरेका थिए ।

प्रेस चाैतारी नेपालका अध्यक्ष सृजना पन्तको अध्यक्षतामा भएको पत्रकार सम्मलेनमा प्रेस चाैतारी नेपालका उपाध्यक्ष
खेमराज गाैतम सुवासकाे स्वागत र सचिव अर्जुन कार्कीको संचालनमा सम्पन्न भएको थियो ।