बागलुङ भदौ ६
बागलुङ जिल्ला तमानखाेला गाउँ पालिकाका एकजना गर्भवती महिलाको बागलुङ स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौ पठाइएको छ ।
बागलुङ जिल्ला तमानखोला गाउँपालिका वडा नं १ निवासी बर्ष २० का सुनिता श्रीपाली ४० हप्ताको गर्भवती बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भदौ ५ गते उपचारको लागि भर्ना भएकोमा स्वास्थ्यमा गम्भिर समस्या आएकोले तत्काल थप उपचारका लागि आइतबार हेलिकप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालय बागलुङका सुचना अधिकारी चित्राङ्गत बरालले बताए ।
प्रसुतीकाे लागि बुर्तिवाङ स्वास्थ केन्द्रमा भर्ना भएका गर्भवती श्रीपालीकाे स्वास्थ्यमा थप समस्या सृजना भएपछि
आमा र बच्चाकाे स्वास्थ अवस्था थप जटिल हुन पुगेको कारणले तत्काल हेलिकप्टरबाट काठमाडौ पठाइएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर नबिन्द्र ढकालले बिज्ञप्ती मार्फत जानकारी गराएका छन् ।
गर्भवती महिलालाई थप उपचारको लागि काठमाडौ पठाउन गण्डकी प्रदेश स्वास्थकाे पहलमा स्वास्थ मन्त्रालय गण्डकी प्रदेश ,जिल्ला प्रशासन कार्यालय बागलुङ ,ढाेरपाटन नगरपालिका ,गृह मन्त्रालय रक्षा मन्त्रालय महिला तथा जेष्ठ नागरिक मन्त्रालय लगायतको समन्वय हेलिकप्टर मार्फत पठाएको ढकालले जनाएका छन् ।