स्वास्थ्य

बोतल र जारकाे पानीको मुल्य निर्धारण: एक बोतलको १६ र जारको ४७ रुपैयाँ भन्दा बढिमा बेच्न नपाइने

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल तथा जारको पानीको अधिकतम बिक्री मूल्यभन्दा धेरैमा बेच्न नपाइने सुचना प्रकाशित गरेको छ । विभागले संसदीय समितिले गरेको अध्ययन, विभागको अध्ययन र सरोकारहरुसँगको छलफलमार्फत बोटलको पानी र जारको पानीको अधिकतम मूल्य निर्धारण गर्दै सो भन्दा धेरैमा बेच्न नपाइने बताएको हो । विभागले काठमाडौं उपत्यका भित्रका लागि १ लिटर बोतलको पानीको मूल्य १६ रुपैयाँ र २० लिटर जारको पानीको मूल्य ४७ भन्दा बढि लिन नपाइने बताएको छ । विभागका महानिर्देशक महेश भट्टराईले भने, ‘समितिले… पुरा पढौ

बिश्व आत्महत्या राेकथाम दिवस बागलुङमा

राजेशचन्द्र राजभण्डारीबागलुङ ,असाेज २ बेलायती महारानीकाे मृत्युकाे कारण राेकिएकाे बिश्व आत्महत्या राेकथाम दिवस बागलुङ सदरमुकाममा आइतबारमनाइयो ।सन् २००३ सेप्टेम्बर १० मा भियनाबाट दिवस मनाउन सुरु गरिएको यो दिवस जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजना सामुदायिक प्रहरी सेवा केन्द्रकाे सहकार्यमा गरिएको थियो । आज बिश्व आत्महत्या राेकथाम दिवस मनाउँदै गर्दा बिश्वमा आत्महत्या गर्ने दर घट्नुकाे साटो झण बढेर गइरहेको देखिन्छ ।बढ्दै गइरहेको आत्महत्या न्युनिकरण गर्ने उदेश्यले जिल्लामा विभिन्न जनचेतनामूलक कार्यक्रम हुदै आएपनि आत्महत्या गर्ने क्रममा भने कमि आउन नसकेको जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

एक करोड ७० लाख लागतमा मुलपानी स्वास्थ्य चौकी भवन बन्दै

बागलुङ नगरपालिका–७ स्थित मुलपानी स्वास्थ्य चौकीमा सुविधासम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । भवनको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले शिलान्यास गर्नुभयो । भवनको शिलान्यास पछि उपप्रमुख राजु खड्काले ७ नम्बरका जनतालाई गुणस्तरीय सेवा दिनका लागि सुविधा सम्पन्न भवनले सहज बनाउने बताउनुभयो ।उहाँले निर्माण व्यवसायीलाई भवनको गुणस्तर कायम गरी समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । स्थानीय मेघराज पाण्डेले निःशुल्क दिएको चार रोपनी जग्गामा भवन निर्माण गर्न थालिएको हो । २०८० वैशाख १९ गते भित्रै भवन निर्माण सक्ने गरी… पुरा पढौ

बागलुङ  बजारमा प्लास्टिक चामल भेटिएकाे आशंका पछि खाध्य गुण नियन्त्रणकाे ध्यानाकर्षण

आम उपभोक्ताले दैनिक भान्सामा पकाउने गरेको चामलको गुणस्तर बारे पटकपटक गुनासो आउने गरेपनि बजारमा सुधार आउन सकेको छैन । जथाभावी रूपमा ब्यापारी ब्यबसायीले  भित्र्याएको चामल यतिबेला फेरि चर्चामा आएपछि खाध्य गुण नियन्त्रण कार्यालय आएर नमुना लिने काम गरेको छ बागलुङ नगरपालिका -२  कमर्शियल बहुउद्देश्यीय  सहकारी संस्थाले बिक्रीवितरण गर्दै आएको जानकी फ्रेस संगम मन्सुली  श्री जानकी फुडग्रेन्स प्रालि भारतले उत्पादन गरेको चामलमा समस्या देखिएपछि खाध्य गुणनियन्त्रण कार्यालय पाेखराबाट टाेली आएर चामलको नमुना लगेको छ । खाध्य गुण नियन्त्रण कार्यालय ,जिल्ला प्रशासन… पुरा पढौ

बागलुङमा ३ जनामा देखियो डेङ्गु, धौलागिरि अस्पतालमा उपचार

बागलुमा ३ जनामा डेङ्गु देखिएपछि बागलुङ नगरपालिका भित्र डेङ्गु रोग बिबरूद्व जनचेतना जगाउन अभियान शुरू भएको छ । गर्मी समयमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुका बिरामी भेटियपछि बागलुङमा डेङ्गु नियन्त्रण तथा सचेतना अभियान शुरु भएको हो ।बागलुङ नगरपालिका वडा नम्बर ७ का एक जना महिला, वडा नम्बर ९ पुरुष र काठेखोला गाउँपालिकाका एक पुरुषको धौलागिरि अस्पलातलमा उपचारको क्रममा डेङ्गु भएको पत्ता लागेपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालले जनाएको छ । धौलागिरि अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेङ्गुको सङ्क्रमण भेटिएपछि सचेतना… पुरा पढौ

धौलागिरि अस्पतालमा दरबन्दीका १८ जना बिशेषज्ञ,डाक्टर छैनन् बिरामी मर्कामा

सरकारले धौलागिरि अस्पतालमा सरकारले तोकेको दरबन्दी अनुसारको १८ जना डाक्टर रिक्त हुदा स्वास्थ्य सेवा प्रभावित बन्न पुगेको छ ।सरकारले जनतालाई सस्तो सर्वसुलभ स्वास्थ सेवा दिने भनी रहेको समयमा भएको जनशक्ति समेत धमाधम अन्यत्र सरूवा गरि पठाए पछि अस्पतालमा डाक्टरको अभाव भएको छ । धौलागिरि अस्पताल बागलुङको स्तरोन्नतीको चर्चा चलिरहेकै बेला अस्पतालमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको धमाधम सरुवा भएपछि चार जिल्लाको मुख्य अस्पताल धौलागिरि अस्पताल जनशक्ति बिहिन बन्दैगएको छ । अस्पतालमा डाक्टर कम भएपछि उपचारको लागि आएका बिरामीले समयमै उपचार गराउन… पुरा पढौ

खानेपानी फाेहाेर वितरण गरेको भन्दै उपभोक्ता प्रशासनमा

बागलुङ सदरमुकाममा वितरण गर्दै आएको खानेपानी अशुद्ध फाेहाेर भएको भन्दै उपभोक्ताहरू आफ्नो माग स्थानीय सराेकारवाला समक्ष पेश गरेका छन् । बागलुङ नगर क्षेत्रका खानेपानीका उपभोक्ताहरुले सफा पानीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङ र बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई ध्यानाकर्षण गराएका छन् । बागलुङ नगरपालिका वडा न.१, २, ३ र ४ का उपभोक्ताहरुले बागलुङ बजारमा बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गर्दै आएको पानी अभाव भएको र पानी समेत धमिलो आम उपभोक्ताकाे स्वास्थ्यमा प्रत्यक्ष रूपमा असर… पुरा पढौ

सार्वजनिक शौचालय ब्यवस्थापन गर्दै बागलुङ नगरपालिका

बागलुङ सदरमुकाममा सार्वजनिक शाैचालय नभइ सर्वसाधारणले दिनहुँ कस्त भाेग्न बाध्य भइरहेको समयमाकाठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहको आव्हानमाबागलुङका एकजना ब्यवसायीले त्यसलाई साथ दिएर अगाडि बढेका छन् । बागलुङ नगरपालिकाले दुईवटा सार्वजनिक शाैचालय ब्यवस्थापन गर्ने योजना बनाएको छ । काठमाडौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन (बालेन्द्र) साहको आह्वानमा साथ दिँदै निजी होटल, रेष्टुरेन्ट र निजी कार्यालयहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न आाव्हान गरे संगै बागलुङमा समेत त्यसको प्रभाव परेको छ । जिम्मेवार नेपाली म भन्ने नारा साथ स्यातार ट्रेनिङ प्रालिले बागलुङ… पुरा पढौ

आँखा उपचारको हव बन्दै हिमाय आँखा अस्पताल पाेखरा

हिजोको दिनमा आँखाको सामान्य चेकजाँच देखि जटिल प्रकारको उपचारको लागि काठमाडौ जानुपर्ने समस्या भने केही बर्ष यता हटेर गएको छ । गण्डकी प्रदेशको राजधानी पाेखरामा हिमायन आँखा अस्पताल आँखाका बिरामीको उपचारको लागि राम्रो केन्द्र बनेपछि महंगो खर्च गरेर बाहिर जानुपर्ने झंझट हटेर गएको हाे । आँखाकाे सामान्य समस्या देखि जटिल प्रकारकाे उपचार गर्नुपर्ने बिरामीहरूकाे बिहानैदेखि अस्पतालमा चाप बढेर गएको छ ।धुवा धुलाे र वातावरणीय प्रभावका कारण आँखामा दिनप्रतिदिन नयाँ नयाँ समस्या देखा पर्दै गएपछि उपचारमा समेत नयाँ प्रविधि र प्रयोग… पुरा पढौ

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

नेपाल सरकारले आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । बैशाख ६ गते आज र ७ गते भोलि दुई दिन देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल हुने भएकाले ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगि नछुटाई भिटामिन ‘ए’… पुरा पढौ