ताराखाेलामा ३ दिने बृहत् स्वास्थ कार्यक्रम

-


     हिडन खबर    
     मंसिर १८ गते २०८० मा प्रकाशित


बागलुङ /नेपाल रेडक्रस सोसाइटी बागलुड० जिल्ला शाखा एंव क्यानेडियन रेडक्रसको सहयोगमा संचालित समुदायमा आधारीत बृहत स्वास्थ्य कार्यक्रम (CCBHP) शुरू भएको छ ।

ताराखोला गाउॅपालिकाका महिला स्वास्थ्य स्वंयसेविका र रेडक्रस स्वंयसेवकहरूका लागि मंसिर १८ गते देखि २० गते सम्म ३ दिने महामारी नियन्त्रण कार्यविधि प्रशिक्षण “Epidemic Control For Volunteer (ECV)” को नेरेसो बागलुड० जिल्ला शाखाका सभापति जगन्नाथ आचार्यको अध्यक्षता एंव जिल्ला प्रशासन कार्यालय बागलुड०का सहायक प्रमुख जिल्ला अधिकारी श्री चित्राङ्गत बरालको प्रमुख अतिथ्यतामा उद्घाटन गरि प्रशिक्षण कार्यक्रम शुरूवात गरिएको हाे ।

उद्घाटन सत्रमा स्वागत मन्तव्य जिल्ला शाखाका उपसभापति राजेन्द्र आचार्यले कार्यक्रमको संचालन बागलुड० जिल्ला शाखाका कोषाध्यक्ष जिवननाथ शर्मा रेग्मीले गरेका थिए

यसै गरि महामारी नियन्त्रण कार्यविधि प्रशिक्षणको उद्देश्यको वारेमा CCBHP कार्यक्रमका स्वास्थ्य अधिकृत गोकर्ण श्रेष्ठले प्रकाश पारेका थिए ।