
बागलुङ /नेपाल रेडक्रस सोसाइटी बागलुड० जिल्ला शाखा एंव क्यानेडियन रेडक्रसको सहयोगमा संचालित समुदायमा आधारीत बृहत स्वास्थ्य तालिम (CCBHP) सम्पन्न भएको छ ।
ताराखोला गाउॅपालिकाका महिला स्वास्थ्य स्वंयसेविका र रेडक्रस स्वंयसेवकहरूका लागि सदरमुकाम बागलुङमा संचालित ३ दिने महामारी नियन्त्रण कार्यविधि प्रशिक्षण “Epidemic Control For Volunteer (ECV)” सम्पन्न भएको छ ।
नेपाल रेडक्रस साेसाइटी बागलुङ जिल्ला शाखाकाका सभापति जगन्नाथ आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रम प्रशिक्षक स्वास्थ कार्यालयका लक्ष्मी शर्मा ,नेपाल रेडक्रस साेसाइटीका उपसभापति राजेन्द्र आचार्य ,तालिममा सहभागी एकराज कडेल ,हिरादेवी पुन मगरले अहिले दिइएको तालिम प्रभावकारी भएको हुदा यसलाई ब्यवहारमा उतार्न सकेको खण्डमा मात्रै तालिम लिएको सार्थक हुने धारणा राखेका थिए ।
कार्यक्रम संचालन जिल्ला शाखाका कोषाध्यक्ष जिवननाथ शर्मा रेग्मीले गरेका थिए ।यसै गरि महामारी नियन्त्रण कार्यविधि प्रशिक्षणमा सहभागी २४ जनालाई प्रमाणपत्र प्रदान गरिएको थियोे । CCBHP कार्यक्रमका स्वास्थ्य अधिकृत गोकर्ण श्रेष्ठले धन्यवाद ब्यक्त गरेका थिए ।
नेपाल रेडक्रस साेसाइटीले जिल्लाका सामुदायिक बिद्यालय ,निजी बिद्यालयमा युवा रेडक्रस सर्कल ,जुनियर रेडक्रस सर्कल गठन गरि समुदायमा आधारित बिपप ब्यवस्थापन लगायतका तालिम समेत संचालन गर्दै आएको छ ।












