शिक्षा

रेडक्रस बागलुङद्वारा युवा रेडक्रस सर्कल गठन सुरु

जहाँ दुख त्यहाँ रेडक्रस भन्ने नारासाथ गठन भएको मानवीय संस्था बिश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले जुनियर युवा रेडक्रस सर्कल गठन सुरु गरेको छ । बिश्व रेडक्रस दिवसको अवसरमा बागलुङ सदरमुकाममा रहेको कालीगण्डकी आवाशीय माध्यमिक बिद्यालयमा एक कार्यक्रम गरि जुनियर रेडक्रस सर्कल गठन प्रारम्भ गरेको छ । जिल्लामा भएका सामुदायिक तथा संस्थागत बिद्यालयहरूमा रेडक्रसको पहुँच पुर्याइ बिद्यार्थीहरूलाइ सामाजिक काम कार्यमा समेतअगाडि बढाउने उदेश्यले युवा रेडक्रस सर्कल गठन गरेको नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्यले बताए । कार्यक्रममा… पुरा पढौ

बडिगाड गाउँपालिकाद्वारा शिक्षक सेवा तयारी कक्षा सञ्चालन

बागलुङको बडिगाड गाउँपालिकाले शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ। गाउँपालिकाको आयोजनामा शिक्षक सेवा आयोगको प्राथमिक तहको परिक्षामा सहभागी हुन ईच्छुकयुवाहरुलाई लक्षित गरी कक्षा सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ। पछिल्लो समय शिक्षित युवाको विदेश पलायन बढिरहेको एवं शिक्षक सेवा जस्तो प्रतिस्पर्धात्मक सेवामास्थानिय यूवा वर्गको आकर्षण बढाउन यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । यस प्रकारको कक्षा लिन बिद्यार्थीहरु पालिका बहिर बुटवल, काठमाडौं, पोखरा जानुपर्ने एवं धेरै शुल्कबुझाउनुपर्ने बाध्यताले पढन् नपाएको अवस्थामा गाउँपालिकाले सम्बोधन गरि नशुल्क रुपमा कक्षा सञ्चालन गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।  तयारी कक्षा भौतिक उपस्थिती एवं अनलाईन दुबै बिधि मार्फत हुने गाउँपालिकाका शिक्षा अधिकृत पुरन घर्तीले बताउनुभयो |  १५ दिनसम्म सञ्चालन हुने कक्षाले शिक्षाको क्षेत्रमा विद्यमान शैक्षिक बेरोजगारीको अन्त्य एवं शिक्षामायुवाको आकर्षण बढाउन सहयोग पुग्ने शिक्षा शाखा प्रमुख समेत रहेका घर्तीले बताउनुभयो | हिजो शनिवारदेखि सञ्चालन भएको तयारी कक्षा बिहान ७ बजेदेखी ९ बजेसम्म र साँझ ५ बजेदेखी ७बजेसम्म भौतिक रुपमा र ८ बजेदेखी ९ बजेसम्म अनलाइन कक्षा सञ्चानल गरिने गाउँपालीकाका प्राविधिक सहायक कुलराज घिमिरेले बताउनुभयो |   तयारी कक्षामा सहभागीलाई दैनिक खाजा, हेन्सआउट, पुस्तकको व्यवस्था गरिएको घिमिरेले बताउनुभयो |  तयारी कक्षामा पालिका भित्रका ३५ जना युवाहरुको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ | विद्यार्थीहरुको माग र सहभागिता अनुसार पछि अन्य सेवा तथा कक्षाहरु पनि सञ्चालन गरिने गाउँपालिकालेजनाएको छ। पुरा पढौ

आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन

बागलुङ संस्थागत विद्यालयहरू माथिको विश्वास र आशालाई थप भरपर्दो बनाउन बागलुङ बजरमा रहेको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन गरिएको छ । आज विद्यालयमा भएको अभिभावहरुको भेलाले एक बहादुर केसी संगमको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्य सचिवमा विद्यालयका पिन्सिपल भुपेन्द्र केसी र सदस्यहरुमा धना पुन, पवित्रा बस्नेत कार्की, लक्ष्मी खड्का केसी, लक्ष्मी सुवेदी, र वार्ड प्रतिनिधिमा नगेन्द्र बहादुर केसी चयन भएका छन् ।२ जना शिक्षक प्रतिनिधि र बाँकी २ जना अभिभावक गरि ४… पुरा पढौ

शैक्षिक क्षेत्रको सुधारका लागि बडिगाड गाउँपालिकामा बृहत शैक्षिक सम्मेलन हुने

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले बृहत शैक्षिक सम्मेलनको आयोजना गर्ने भएको छ । समाज सुधारको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र मानिने शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्या एवं चुनौतीहरुको सुधारकालागि बृहत शैक्षिक सम्मेलनको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।शिक्षा क्षेत्रसँग प्रत्यक्ष जोडिएका विषयगत व्याक्तिहरुको उपस्थितिमा विषय विज्ञसँगको सामुहिक छलफलका लागि आगामी बैशाख २ गते शैक्षक सम्मेलनको आयोजना गरिएको गाउँपालिकाका शिक्षा अधिकृत पुर्ण घर्तीले बताउनुभयो ।आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम एवं बजेट तयारीको पुर्व सन्ध्यामा शिक्षा क्षेत्रमा देखिएका चुनौतीहरुको समिक्षा गर्दै निति निर्माण एवं… पुरा पढौ

नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा मेयरविरुद्ध पक्राउ पुर्जी

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । उनको सट्टामा माध्यमिक  शिक्षा परीक्षा ९एसईई० दिंदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो । ‘अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएकोले उनीमाथि पनि छानबिन गर्नु परेकोले जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराइएको हो’ जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढामगरले भने ‘अहिले मेयर भन्दा पनि उनी परिक्षार्थीको रुपमा देखिएकोले सोही बमोजिमको अनुसन्धान कार्य… पुरा पढौ

धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु विवाद अन्ततः सर्वसम्मत रुपमा समाधान

धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियनको नयाँ कार्यसमिति अन्तत: सर्वसम्मत रुपमा घोषणा भएको छ ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्ववियुको नयाँ कार्यसमिति नेपाल विद्यार्थी संघका युवा विद्यार्थी नेताको रुपमा परिचित सुदिप सागर कंडेलको नेतृत्वमा सर्वसम्मत रुपमा घोषणा भएको हो । धौलागिरीको एक मात्र आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको विषय अदालत सम्म पुगेको थियो भने पटक पटक क्याम्पसमा तालाबन्दी समेत भएको थियो । शनिवार भएको निर्वाचनमा चुनावी प्रतिस्पर्धाका लागि दर्ता भएका १० वटा विद्यार्थी संगठनबीच सहमतिपछि स्ववियू निर्वाचन सर्वसम्मत भएको छ। सबै… पुरा पढौ

बागलुङमा मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिमको सुरु

बागलुङमा शुक्रबारबाट मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिमको सुरु भएको छ । बागलुङ नगरपालिकाको आयोजना र जनअधिकार संरक्षण मञ्च पिपिआर नेपालको संयोजनमा तालिम संचालन गरिएको हो । वडास्तरमै मेलमिलापकर्ताको उत्पादन गरी न्याय सम्पादन लाई सहज बनाउनका लागि नगरका १४ वटा वडाका सहजकर्ता सहभागि गराई तालिम संचालन गरिएको छ । तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले स्थानिय तहका ससाना समस्या समाधान गर्नका लागि मेलमिलाप केन्द्रले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । न्याय नपाएर पिडित भएका नागरिक लाई सहजरुपमा… पुरा पढौ

एस.इई परीक्षा लाई अझैसम्म हाउगुजी बनाउदै बिद्यार्थी र बिद्यालय

एसइई परीक्षा दिने बिद्यार्थी लाई परीक्षा दिन पठाउदा अहिले पनि युद्व मैदान युद्व लड्न जाने याेद्वालाई जस्तै गरि निधारमा राताे टीका र दही सगुन खुवाउने परम्परा बागलुङमा कायमै छ ।फलामे गेटकाे रूपमा लिदै आएको एसइई परीक्षामा धेरै उतारचढाव आएपनि अहिलेसम्म त्यो पुरानो ह्वांगवभर भने कायमै छ । झण्डै १३ बर्ष बिद्यालय पढेका बिद्यार्थी यतिबेला परीक्षा दिन समेत निकै गार्‍हो मानिरहेका छन् । नेपाली संस्कृति अनुसार कुनै शुभ कामको लागि जानू परे निधारमा टीका र दही सगुन खुवाएर बिदाइ गर्ने चलन… पुरा पढौ

बागलुङमा यसबर्ष ४८३६ जना बिद्यार्थी एस.इ.ई परिक्षा दिदै

चैत १७ गतेदेखि शुरू हुने यश बर्षकाे एस.इ.ई परिक्षामा बागलुङ जिल्ला बाट ४८३६ जना बिद्यार्थीले परिक्षा दिदै छन् । शिक्षा विकास तथा समन्वय इकाई बागलुङले बिहीबार पत्रकार सम्मेलन गरि परिक्षालाई ब्यवस्थित मर्यादित रूपमा सम्पन्न गर्ने गरि सबै तयारी पूरा भएको जनाएको छ । बागलुङ जिल्लाका सामुदायिक माध्यमिक बिद्यालय १११ वटा संस्थागत बिद्यालय ३२ र खुला बिद्यालय १ वटा गरि १४४ वटा बिद्यालयका बिद्यार्थी चैत १७ गतेदेखि हुने एस इ ई परिक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुश्मराज… पुरा पढौ

आधुनिक शिक्षामा जोड दिंदै विद्यार्थी सङ्ख्या बढाउदै सदाशिव प्रावि

बागलुङका आधिकांस सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्युन हुनु साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी सङ्ख्या घटिरहेको छ । तीव्रगतिमा विद्यार्थी संख्या घटिरहेको भएपनि सरोकारवालको ध्यान पुग्न सकिरहेको छैन । जिल्लाका हरेका सामुदायिक विद्यालयमा वर्षेनि विद्यार्थी घटिरहेका छन् र केही विद्यालयले चाहेर पनि रोक्न सकिरहेका छैनन् । अधिकांश अभिभावकको चाहना नै सामुदायिक विद्यालयमा सन्तानलाई पठाउने छैन । तर बागलुङ नगरपालिका ६ भान्सामा रहेको सदाशिव प्राथमिक विद्यालयले भने आधुनिक शिक्षामा जोड दिएपछि विद्यार्थी… पुरा पढौ