
बागलुङ/ श्री कृष्ण आधारभुत बिद्यालय मालिका बान्द्रेको ६३ औ बार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।
सामुदायिक बिद्यालयको उन्नती प्रगतिकालागि नगरपालिकाले बालमैत्री अभियान भौतिक पुर्वाधार निर्माण लगायतका कार्यमा साथ दिने बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठले बताए ।
कार्यक्रममा बा.न.पा – ५ का वडाअध्यक्ष हरिप्रसाद शर्मा, पुर्व वडाअध्यक्ष शिवप्रसादसापकोटा,लहरेपिपल माबिका प्रधानाध्यापक लेखनाथ शर्मा, सदाशिव आधारभुत बिद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटा, जग्गादाता प्रेम सापकोटा, बिद्यार्थी आयुस्मा रिजाल र सुरज सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बिद्यालयको आर्थिक प्रतिबदेन बिद्यालयका प्रधानाध्यापक दयाराम सापकोटा र शैक्षिक प्रतिबेदन शिक्षक घनश्याम रिजालले प्रस्तुत गरेका थिए ।
बार्षिकोत्सवका अवसरमा बिद्यालयका शिक्षकहरू लाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा बिद्यालयका प्रधानाध्यापक दयाराम सापकोटा, शिक्षक जयभद्र सापकोटा, घनश्याम रिजाल, रेशम बहादुर केसी, यशोदा कँडेल रिजाल,संगिता अधिकारी,कमला थापा,अनिशा सापकोटा, शान्ती सापकोटा, कालिका सापकोटा, छकदेबी आचार्य र जमुना सापकोटा रहेका छन् ।
सम्मानित सबै लाई सम्मान पत्र सहित दोशल्ला ओडाएर सम्मान गरिएको थियो। यसैगरी बिद्यालयमा स्थापना गरिएको अक्षयकोष बाट बिद्यार्थीलाई छात्रवृति प्रदान गरिएको थियो ।
त्यसैगरी बार्षिकोत्सवका अवसरमा अभिभावकहरुका बिच म्युचिकल्चीयर प्रतियोगिता सम्पन्न गरिएको थियो । सो प्रतियोगिता बाट प्रथम हुने बाबुराम सापकोटा द्धितिय पुण्यप्रसाद सापकोटा, तृतिय तुलसी सापकोटा र सान्त्वना हुने राधिका रिजाल लाई पुरस्कृत गरिएको थियो ।यस्तै बिद्यालयमा अक्षयकोषदाता तथा सहयोग दाता लाई पनि सम्मान गरिएको बिद्यालयले जनाएको छ ।
कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चक्रपाणी शर्माको अध्यक्षता, शिक्षक रेशम बहादुर केसीको स्वागत र अर्का शिक्षक जयभद्र सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
















