
बागलुङ सधैं जस्तो पुस्तक मात्रै अध्ययन गर्ने बिद्यार्थीहरू केही बर्ष यता पुस्तक लाइ ब्यवहारिकतामा परिवर्तन गर्न थालेका छन् ।धाैलागिरि बहुमुखी क्यापस बिबिए छैंठाै सेमिस्टरमा
अध्ययन गर्ने बिद्यार्थीहरू बागलुङ सदरमुकाममा भइरहेको साताै बागलुङ महाेत्सवमा खाजाकाे स्टल राखेर ब्यवसाय गरिरहेका छन् ।काम गर्न जानेको खण्डमा यहीँ काम गरेर
बस्न सकिने बिश्वास समेत जगाउन उदेश्य राखेका छन् ।
पुस्तककाे पढाइ लाइ मात्र शिक्षा सम्झेर क्यापसमा उच्च शिक्षा अध्ययनरत बिद्यार्थीहरूलाइ पुस्तकका अलवा ब्यवहारिक ज्ञान दिने कार्यक्रम शुरूवात गरेपछि बागलुङका बिद्यार्थीले त्यसलाई निरन्तरता दिन थालेका छन् ।धाैलागिरि बहुमुखी क्याम्पस बागलुङमा बिबिए छैठौं सेमिस्टरमा अध्ययरत बिद्यार्थीहरूले साताै बागलुङ महाेत्सव परिसर भित्र खाजाकाे स्टल राखेर ब्यवसाय गरिरहेका छन् ।
बिबिएमा पढ्दै गरेको पढेर मात्र भएन पढेको कुरालाई ब्यवहारमा उतार्नकाे लागि आफुहरू लागिरहेको मात्रै पुस्तककाे ज्ञानमा सिमित नभइ पढेको कुरालाई ब्यवहारमा उतारे अगाडि बढिरहेकाे बिद्यार्थीहरूले पनि केही गर्ने सक्छन् भन्ने थाहा हाेस भनेर स्टल राखेको बिद्यार्थीकाे भनाइ छ ।
बिद्यार्थीहरूले महाेत्सवमा ब्यवसाय गरेको नाफा आफुहरूले मात्र नराखी त्यसलाई मानवीय क्षेत्रमा काम गर्दै आएको मानव सेवा आश्रम लाइ गत बर्ष पनि सहयोग गरेको यस बर्ष पनि सहयोग गर्ने योजना रहेको धाैलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मीले बताए ।
अहिले २० हजार ३० हजारकाे राेजगारीकाे लागि बिदेश जाने ट्रेन बढेर गइरहेको समयमा अहिले सिकेको सीप लाइ यहीँ स्वदेशमै प्रयोग गर्न सकेको खण्डमा पनि अहिले भइरहेको बेरोजगारी समस्या न्युनिकरण हुने बिद्यार्थी निरूता शर्माले बताए ।
अहिले देशका बिद्यालय ,बिश्व बिद्यालयमा गरिने गराइने अध्ययन अध्यापन ब्यवहारिक नभएको भनेर आलोचना हुन थालेपछि देशका केही बिद्यालय बिश्व बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरू भने पुस्तककाे पढाइ मात्र नगरिकन त्यसलाई ब्यवहारमा देखिने भबिस्यमा आफै आत्मनिर्भर हुने कामलाई सबैले सकारात्मक रूपमा लिनुपर्छ ।
यतिबेला धाैलागिरि अन्चलकाे एकमात्र आंगीक क्याम्पस धाैलागिरि बहुमुखी क्याम्पसका बिद्यार्थीहरू मेला महाेत्सवमा खाजाकाे स्टल राखेर ब्यापार मात्रै गर्दैन ब्यापार गरेर मुनाफा भएको रकम मानव सेवा आश्रममा सहयोग समेत गर्ने गरेका छन् यसबाट बिद्यार्थी लाइ सामाजिक र ब्यवहारिक हुन समेत सिकाएको देखिन्छ ।
धाैलागिरि बहुमुखी क्याम्पसमा बिबिए कक्षा संचालन भएपछि यो बिषय राेज्ने बिद्यार्थीले सहुलियत दरमा पढ्न मात्रै पाएका छैनन् हरेक बर्ष भर्ना भएका बिद्यार्थी सतप्रतिसत उच्च अंक ल्याएर पास समेत हुने गरेको कारणले पनि बिद्यार्थी राेजाइमा यो बिषय पर्दै गएको देखिन्छ ।



















