
बागलुङ /श्री जन जागृति मा.वि. तमानखोला-१ बोङ्गादोभान बागलुङको कक्षा १० मा अध्ययनरत छात्रले कक्षा ११ मा अध्ययनरत छात्रासङ्ग बालविवाह गरेको कारण निजहरुले नेपालको संविधान विपरीत कार्य गरेकोमा विद्यालयको तर्फबाट प्रहरी चौकी बोङ्गादोभानमा निवेदन चढाइ उक्त बालविवाहलाई बदर गर्न सफल भएको बिद्यालयका प्रधानाध्यापक बेदबहादुर बुढाले बताए ।
उक्त बालबिवाह बदर गर्न सक्रियता देखाउने बिद्यालय ब्यवस्थान समितिका अध्यक्ष ध्रुब शेरचन र महत्वपूर्ण भूमिका निर्वाह बोङ्गादोभान प्रहरी चौकी इन्चार्ज ईश्वर दुलालले गरेको प्रधानाध्यापक बुढाले बताए ।
नेपाल अधिराज्यकाे संविधान २०७२ ले बालविवाह लाई निरूसाहित गर्न २० बर्ष उमेर पूरा नभएसम्म विवाह गर्न नपाइने भनी स्पष्ट रूपमा लेखिएको छ ।समाज अझै पनि
उमेर नपुगी बिवाह गर्ने गराउने प्रचलन हाम्रो समाजमा बिद्यमान छ ।
जनजागृती माध्यमिक बिद्यालयले आज बालबिवाह राेक्नका लागि गरेको कदमलाई सबैले सकारात्मक रूपमा लिएका छन् ।ऐन कानुन नियम नबुझिकन यस्तो गलत कदम चाल्ने उमेर नपुगेका बालबालिकालाई बिद्यालय तहबाट नै शिक्षा दिन जरुरी देखिन्छ ।














