पुस्तक स्टेसनरीकाे स्थापना दिवसमा शैक्षिक सामाग्री प्रदान

-


     हिडन खबर    
     पौष २६ गते २०८० मा प्रकाशित


बागलुङ / गुणस्तरीय सेवा आजको आवश्यकता भन्ने नारा साथ स्थापित नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको स्थापना दिवसको अवसरमा बागलुङमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ बागलुङको आयोजना ,मालिका सेवा समाजको सहकार्य र नेपाल रेडक्रस साेसाइटी मालिका उपशाखाकाे समन्वयमा महासंघको १७ आ‌ैं स्थापना दिवसको अवसरमा बागलुङ नगरपालिका ५ मालिका आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थी लाइ श‌ैक्षिक सामाग्री एक कार्यक्रम बिच प्रदान गरियो ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका पुर्व अध्यक्ष नवराज पाैडेल ,मालीका आधारभूत बिद्यालयका प्रधानाध्यापक नारायण प्रसाद सापकोटा ,बिपद ब्यवस्थापन समितिका खिमलाल सापकोटा ,नेपाल रेडक्रस साेसाइटी मालीका उपशाखाका सचिव मात्रिका आचार्य ,भीमबहादुर केसी ,चन्द्र प्रसाद सापकोटा ,रविप्रसाद शर्मा रेग्मी ,मालीका सेवा समाजका सचिव खडानन्द सापकोटा लगायतका बक्ताहरूले सामाजिक उत्तरदायित्वकाे कार्यक्रम अन्तर्गत सामुदायिक बिद्यालयका बिद्यार्थी लाइ शैक्षिक सामाग्री वितरण गर्दा यसले पढ्न लेख्न बाट बन्चित भएका बिद्यार्थीलाइ सहयोग पुग्ने धारणा राखेका थिए ।

कार्यक्रम रेडक्रस साेसाइटी मालीका उपशाखाका अध्यक्ष रेशमलाल सापकोटाकाे अध्यक्षता र मालीका सेवा समाजका अध्यक्ष जीवननाथ शर्मा रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

यस्तै मालिका सेवा समाजले मालीका आगलागीबाट पिडित भएका अमर बहादुर थापालाई नगद ५ हजार सहयोग गरेको समाजका अध्यक्ष जीवन नाथ शर्माले बताए ।