शिक्षा

रोट्र्याक्ट सप्ताहको छैठौं दिन: शिवालय मन्दिरमा सहयोग

रोट्र्याक्ट क्लव अफ बागलुङद्वारा आयोजित रोट्र्याक्ट सप्ताह अन्तर्गत छैठौं दिन धार्मीक क्षेत्रमा डस्टवीन वितरण गरिएको छ । बागलुङ नगरपालिका वडा नम्वर ९ तित्याङ स्थित आशापुर्णेश्वर शिवालय मन्दिरमा डस्टवीन वितरण गरिएको हो । सामाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङले मन्दिरमा धार्मिक आस्थाका बिभिन अभ्यासहरुको बैज्ञानिक कारण सहितको बोर्ड समेत राखिएको क्लवले जनाएको छ । धार्मिक आस्थाको शक्तिपिठ आशापुर्णेश्वर शिवालय मन्दिर परिसरमा जथाभावी रुपमा फ्याकिने फोहोर नियन्त्रण गर्न डस्टविन सहयोग गरिएको हो । रोटरी क्लव अफ बागलुङका निवर्तमान अध्यक्ष दयाराम पौडेलले… पुरा पढौ

आगामी जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ । परीक्षा बोर्डको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनु भयो । बैठकले १६ गतेदेखि परीक्षा निर्णय गरेको छ । यस अघि जेठ १८ गतेदेखि हुने भनिए पनि १६ गतेदेखि गर्ने निर्णय गरेको हो । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र… पुरा पढौ

स्वर्गीय पिताको स्मृतिमा डेढ लाख राशिको ‘घन-बल जेहन्दार छात्रवृत्ति अक्षयकोष’ स्थापना

बागलुङ नगरपालिका ३ रातामाटा स्थित धौलागिरि बीरेन्द्र माध्यमिक बिद्यालयमा डेढलाख राशिको अक्षयकोष स्थापना गरिएको छ । बिद्यालयमा ३० दशक सम्म सेवा गरेका स्वर्गीय पिता घनश्याम शर्मा र माता श्री बलावती शर्माको नाममा छोरा हिमाल शर्माले डेढलाख राशिको अक्षयकोष स्थापना गर्नुभएको हो । बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई छात्रवृत्ति दिने उदेश्यले स्थापना भएको 'घन-वल जेहेन्दार छात्रवृत्ति अक्षयकोष' बुधबार एक कार्यक्रमका बिच बिद्यालयलाई प्रदान गरिएको छ । जेहेन्दार बिद्यार्थीलाई सम्मान गर्दै कोषका संरक्षक शर्मा मातापिताको वार्षिक पुण्य तिथिमा कक्षा १२ मा सर्वोत्कृष्ट अंक ल्याउने… पुरा पढौ

एसईईमा उमेर हद लागु नहुने

विगतका वर्षहरूमा एसईई परिक्षामा सम्मिलित हुन लागु भइरहेको उमेर हद हट्ने भएको छ । १४ वर्ष उमेर पुगेकाले मात्र परीक्षामा सहभागी हुन पाइने प्रावधान रहेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को उमेर हद नलाग्ने भएको हो । तर यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुलाई भने उमेर हद लाग्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अब १२ कक्षालाई एसईईको मान्यता दिएर उमेर हद लागु गर्ने तर १० कक्षामा भने हटाएको जनाएको छ । यो वर्षदेखि कक्षा १२ को परीक्षा… पुरा पढौ

पंण्डित सापकोटाद्वारा लिखित सहस्रगीति श्रीमद्भागवतमहापुराणको विमोचन

ज्योतिष पण्डित वामन सापकोटाद्वारा लिखित सहस्रगीति श्रीमद्भागवतमहापुराणको विमोचन गरिएको छ। म्याग्दी जिल्लाको धार्मिक पर्यटकीय नगरी बेनी नगरपालिका १ मा आयोजित रत्नेचौर धार्मिक महोत्सवको अवसरमा सो धार्मिक पुस्तक विमोचन गरिएको हो । बागलुङ नगरपालिका वडा नम्बर ३ रातमाटा निवासी ज्योतिष पण्डित सापकोटा द्वारा लिखित महापुराणको अनन्तश्रीविभूषित त्रिदण्डी श्रीपराङ्कुशाचार्य स्वामी, अनन्तश्रीविभूषित श्रीनारायणाचार्य स्वामी , अनन्तश्रीविभूषित जगद्गुरु स्वामी हिमालय बाबा जी, अनन्तश्रीविभूषित डाक्टर चक्रपाणि स्वामी ,अनन्तश्रीविभूषित लक्ष्मणाचार्य स्वामी , जानकी मेडिकल कलेज जनकपुरधामका प्रमुख डाक्टर राम प्रसाद उप्रेती, साझा एकीकृत शक्ति नेपालका पदम… पुरा पढौ

सदाशिव प्राथमिक बिद्यालयको ३० औ बार्षिकोत्सव

सामुदायिक बिद्यालय सुधारमा हामी सबैको ऐक्यबद्धता, समान शिक्षा प्रणाली देशको आवश्यकता’ भन्ने मुल नारासाथ सदाशिव प्राथमिक बिद्यालय बागलुङ नगरपालिका ६ भान्सा बागलुङको ३० औ बार्षिकोत्सव विबिध कार्यक्रमका साथ सम्पन्न भएको छ । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिम कम भए संगै शैक्षिक गतिविधि पुरानो लयमा फर्कन थालेपछि बिद्यालयको कार्यक्रम भब्य रूपमा गर्न पाउनु खुशीको बिषय भएको कार्यक्रममा बक्ताहरूले कार्यक्रममा धारणा राखेका थिए । बार्षिकोत्सव मुलसमारोहमा बोल्दै गण्डकी प्रदेशका सांसद इन्द्र लाल सापकोटाले व्यवहारिक तथा सिपमुलक शिक्षा… पुरा पढौ

खार माध्यमिक बिद्यालयको प्रअमा घिमिरे

वडिगाड गाउँपालिका-५ मा रहेको खार माध्यमिक बिद्यालयको प्रधानाध्यापकमा यज्ञदत्त घिमिरे नियुक्त भएका छन् ।फाल्गुण २७ गते बसेको बिद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार घिमिरेलाई प्रधानाध्यापकमा नियुक्ति गरेको हो ।घिमिरेले बिद्यालय विगत ६ वर्ष देखि गणित बिषय अध्यापन गर्दै आएका छन । वडिगाड गाउँपालिकाको केन्द्र खारमा रहेको बिद्यालय पछिल्ला बर्षमा शैक्षिक गुणस्तरको हकमा गाउँपालिकाको अग्रेणी बिद्यालय मानिएको छ । पुरा पढौ

ऐतिहासिक चैत्राष्टमी मेला-२०७८ चैत २४ देखि २८ गतेसम्म

काेराेना भाइरस (कोभिड–१९) ले दुई वर्ष देखि प्रभावित भएक मेला, महोत्सव पुरानो लयमा गर्ने तयारी भएको छ । गण्डकी प्रदेशको ऐतिहासिक चैत्राष्टमी मेला यसपटक भब्य रूपमा सम्पन्न गर्ने तयारी भएको छ। विसं २०७५ पछि रोकिएको मेला यो वर्ष हुने भएको छ । आउँदो चैत २४ देखि २८ गतेसम्म मेला हुने ऐतिहासिक चैत्राष्टमी मेला सम्पन्न गर्न विभिन्न १२ वटा उप समिति गठन गरेको छ । कालीका भगवती मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काकाे अध्यक्षतामा बसेकाे बैठकले चैत्राष्टमी भलिबल खेल उप-समितिकाे… पुरा पढौ

२०७९ सालमा हुने सार्बजनिक बिदाको विवरण

सरकारले २०७९ सालमा दिइने बिदाको विवरण सार्वजनिक गरेको छ ।गृह मन्त्रालयका अनुसार २०७९ वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने बिदासम्बन्धी निर्णय गरेको हो । मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सार्वजनिक पर्व, सट्टा बिदा र कार्यालय समय समेत निर्धारण गर्ने निर्णय गरिएको छ । नयाँ वर्षको दिन वैशख १, उभौलि पर्व जेठ २, रक्षा बन्धन साउन २७, श्रीकृष्ण जन्माष्टमी भदौ ४, घटनास्थपना असोज १० गते, छठ पर्व कात्तिक १३ गते सार्वजनिक बिदा हुनेछ ।यसैगरी किरात समूदायको उभौलि, योमरी पूर्णिमालगायतको अवसरमा… पुरा पढौ

स्कुल भ्यानको ठक्करबाट १८ महिने बच्चा घाइते

बागलुङ बजारको एक बिद्यालयको भ्यानले ठक्कर दिँदा १८ महिने एक बच्चा घाइते भएका छन् ।बागलुङ बजार स्थित अमर आदर्श बोर्डिङ स्कुलको ग २ ख ४८८६ नम्बरको भ्यानको ठक्करबाट बागलुङ नगरपालिका वडा नम्बर ३ रुम्टा निवासी कमल कटुवालका १८ महिने छोरा अंकित कटुवाल सामान्य घाइते भएका हुन । बिद्यार्थी लिएर बिद्यालयतर्फ फर्किने क्रममा बिहान ९ बजे कटुवालको घर अगाडि बच्चालाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए । घाइते बच्चाको मुखमा चोटलागेको र धौलागिरी अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । ठक्कर दिने सवारी… पुरा पढौ