ऐतिहासिक चैत्राष्टमी मेला-२०७८ चैत २४ देखि २८ गतेसम्म

-


     हिडन खबर    
     फागुन २७ गते २०७८ मा प्रकाशित


काेराेना भाइरस (कोभिड–१९) ले दुई वर्ष देखि प्रभावित भएक मेला, महोत्सव पुरानो लयमा गर्ने तयारी भएको छ । गण्डकी प्रदेशको ऐतिहासिक चैत्राष्टमी मेला यसपटक भब्य रूपमा सम्पन्न गर्ने तयारी भएको छ। विसं २०७५ पछि रोकिएको मेला यो वर्ष हुने भएको छ । आउँदो चैत २४ देखि २८ गतेसम्म मेला हुने ऐतिहासिक चैत्राष्टमी मेला सम्पन्न गर्न विभिन्न १२ वटा उप समिति गठन गरेको छ ।

कालीका भगवती मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काकाे अध्यक्षतामा बसेकाे बैठकले चैत्राष्टमी भलिबल खेल उप-समितिकाे संयाेजकमा अर्जुन खड्का, दाेहाेरी गीत उप-समिति संयाेजकमा भरत खड्का, भजन उप-समिति संयाेजकमा पारस खड्का,प्रचारप्रसार उप-समिति संयाेजकमा राजेशचन्द्र राजभण्डारी,मन्च र स्टल उप-समिति संयाेजकमा ध्रुव खड्का, साउन स्टिम उप-समिति संयाेजकमा बिदुर शर्मा, अतिथि सत्कार उप-समिति संयाेजकमा लिलादेवी खड्का, रमाइलो मेला उप-समिति संयाेजकमा कृष्ण खड्का, झाकी ब्यवस्थापन उप-समिति संयाेजकमा मुकुन्द शाक्य, आर्थिक ब्यवस्थापन उप-समिति संयाेजकमा रामबहादुर खड्का र मेलाको कानुनी परामर्शमा अधिबक्ता राम शर्मालाई जिम्मेवारी दिएको छ ।

पाँच दिनसम्म चल्ने मेलाको तयारी थालिएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा मेला मूल आयोजक समिति गठन गरेको छ बनेको छ । अध्यक्ष खड्काका अनुसार विगतकाझैँ खेलकूद र मनोरञ्जन क्रियाकलाप मेलामा समेटिनेछन् ।

मेलाको मृख्य आकर्षणका रुपमा खुला लोकदोहोरी, कालिका कप भलिबल, लोकभजन, परम्परागत छेलो प्रतियोगिता आदि रहने उहाँको भनाइ छ । यसवर्ष प्रतियोगिताको पुरस्कार राशि पनि बढाइएको छ । लोकदोहोरीमा पहिलो हुने समूहले रु तीन लाख, दोस्रोले रु एक लाख ५० हजार र तेस्रोले रु ७५ हजार पुरस्कार पाउनेछ ।

भलिबलमा पनि लोकदोहोरीकै अनुसार पुरस्कार राखिएको छ । लोकभजन प्रतियोगितामा पहिलो हुने समूहलाई रु दुई लाख, दोस्रोलाई रु एक लाख र तेस्रोलाई रु ५० हजार पुरस्कारको प्रबन्ध गरिएको आयोजकले जनाएको छ । यस्तै परम्परागत छेलो प्रतियोगिताका विजेताले रु ११ हजार १११ र उपविजेताले रु पाँच हजार ५५५ पुरस्कार पाउने छन् ।

मेलामा बालउद्यान, रमाइलो मेलालगायत मनोरञ्जनात्मक गतिविधि पनि सञ्चालन गर्ने तयारी मेला ब्यबस्थापन समितिले गरेको छ । मौलिक कला, संस्कृति झल्काउने झाँकी, गीत तथा नृत्य प्रस्तुत गर्ने कार्यक्रम बनाएको छ । कालिका भगवती मन्दिर परिसरमा हुने मेला अवधिभर करिव ३ लाख दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ ।