
सामुदायिक बिद्यालय सुधारमा हामी सबैको ऐक्यबद्धता, समान शिक्षा प्रणाली देशको आवश्यकता’ भन्ने मुल नारासाथ सदाशिव प्राथमिक बिद्यालय बागलुङ नगरपालिका ६ भान्सा बागलुङको ३० औ बार्षिकोत्सव विबिध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिम कम भए संगै शैक्षिक गतिविधि पुरानो लयमा फर्कन थालेपछि बिद्यालयको कार्यक्रम भब्य रूपमा गर्न पाउनु खुशीको बिषय भएको कार्यक्रममा बक्ताहरूले कार्यक्रममा धारणा राखेका थिए ।
बार्षिकोत्सव मुलसमारोहमा बोल्दै गण्डकी प्रदेशका सांसद इन्द्र लाल सापकोटाले व्यवहारिक तथा सिपमुलक शिक्षा आवश्यक भएको बताउनु भयो ।
सापकोटाले व्यवहारिक तथा सिपमुलक शिक्षा आजको आवश्यकता रहेको भन्दै गुणस्तरीय शिक्षाका लागि शैक्षिक संस्थाहरुको ध्यान केन्द्रित हुन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा कपिलवस्तु जिल्ला अदालतका वरिष्ठ न्यायधिस तेजेन्द्र सापकोटाले बिद्यार्थी र अभिभावकको आकर्षण निजी बिद्यालय तर्फ भइरहेको बेला सामुदायिक बिद्यालयले राम्रो शैक्षिक वातावरण बनाउन सफल हुनु सकारात्मक पक्ष भएको बताउन् भयो ।
कर्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खेमराज सापकोटा , बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष जिवन आचार्य,लहरेपिपल माध्यामिक विद्यालयका प्रअ कृष्ण प्रसाद सुवेदी ,भान्सा सेवा समाज भान्साका अध्यक्ष शालिकराम सापकोटा,विद्यालय सल्लाहकार समितिका संयोजक गोविन्द आचार्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयले बार्षिकोत्सव कार्यक्रम तथा शैक्षिक गुणस्तर सुधार एवं सस्थागत विकास अक्षयकोष विकास अभियान संचालनमा गरेकोमा सो अभियानमा सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिएको थियो ।
विद्यालयले संचालन गरेको स्वच्छिक चन्दा अभियानमा श्रीप्रसाद सापकोटाले ३ लाख १ हजार,देपिप्रसाद उपाध्याले १ लाख ५० हजार ५ सय ५५, हरिकला सापकोटाले १ लाख २१ हजार,नन्दकला सापकोटाले १ लाख १ हजार १ सय ५१ , चडिण्प्रसाद सापकोटाले १ लाख ११ हजार , देविप्रसाद सपकोटाले १ लाख सहयोग गरेका छन् ।
सहयोगदाताले आफ्ना आफन्तको स्मृतिमा अक्षयकोष तथा विद्यालयको शैक्षिक विकास कोषको लागि सहयोग गरेको बताइएको छ । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षता सदस्य भुवानी शंकर आचार्यको स्वागत तथा बिद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटा र आर्थिक समितिका संयोजक गुरुप्रसाद सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बिद्यालयमा लामो समयसम्म शैक्षिक योगदान पु¥याउने शिक्षक चन्दा दाता लगायतका ब्यक्तिहरूलाई प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिएको थियोे । बिद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । विद्यालयले संचालन गरेको स्वच्छिक चन्दा अभियानमा करिव १५ लाख शंकलन भएको छ ।











