एसईईमा उमेर हद लागु नहुने

-


     हिडन खबर    
     फागुन २९ गते २०७८ मा प्रकाशित


विगतका वर्षहरूमा एसईई परिक्षामा सम्मिलित हुन लागु भइरहेको उमेर हद हट्ने भएको छ ।

१४ वर्ष उमेर पुगेकाले मात्र परीक्षामा सहभागी हुन पाइने प्रावधान रहेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को उमेर हद नलाग्ने भएको हो ।

तर यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुलाई भने उमेर हद लाग्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अब १२ कक्षालाई एसईईको मान्यता दिएर उमेर हद लागु गर्ने तर १० कक्षामा भने हटाएको जनाएको छ ।

यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई उमेर हद लागु हुनेछ । एसईई भनेको कक्षा १२ कक्षालाई मान्यता दिइएको जनाइएको छ । एसईईमा कति उमेर हद लागु गर्ने भन्ने निर्णय हुन बाँकी रहेको छ ।