रोट्र्याक्ट सप्ताहको छैठौं दिन: शिवालय मन्दिरमा सहयोग

-


     हिडन खबर    
     चैत्र ४ गते २०७८ मा प्रकाशित


रोट्र्याक्ट क्लव अफ बागलुङद्वारा आयोजित रोट्र्याक्ट सप्ताह अन्तर्गत छैठौं दिन धार्मीक क्षेत्रमा डस्टवीन वितरण गरिएको छ । बागलुङ नगरपालिका वडा नम्वर ९ तित्याङ स्थित आशापुर्णेश्वर शिवालय मन्दिरमा डस्टवीन वितरण गरिएको हो । सामाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङले मन्दिरमा धार्मिक आस्थाका बिभिन अभ्यासहरुको बैज्ञानिक कारण सहितको बोर्ड समेत राखिएको क्लवले जनाएको छ ।

धार्मिक आस्थाको शक्तिपिठ आशापुर्णेश्वर शिवालय मन्दिर परिसरमा जथाभावी रुपमा फ्याकिने फोहोर नियन्त्रण गर्न डस्टविन सहयोग गरिएको हो ।

रोटरी क्लव अफ बागलुङका निवर्तमान अध्यक्ष दयाराम पौडेलले समाजसेवामा लागेका युवाहरुको सक्रियतालाई हौसला स्वरुप क्लवलाई डस्टविन सहयोग गर्नु भएको थियो । क्लबले मन्दिरमा सहयोग गरेकोमा व्यवस्थापन समितिका सदस्य विश्णु मैत्रियले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

फाल्गुन २९ देखि सुरुभएको सप्ताह अन्र्तगत पहिलो दिन उपल्लाचौर स्थित विशेष बालकक्षामा स्टेशनरी, प्राथकिम उपचार सामाग्री वितरण गरिएको थियो भने दोस्रो दिन विद्यालयका छात्राहरुको लागि प्याड बनाउने तालिम, तोस्रो दिन लागुपदार्थ दुर्वेसनी विरुद्ध सचेतना र ट्राफिक सचेतना गरिएको थियो । त्यस्तै चौथो दिन किशोरीहरुको लागी प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम, पाँचौ दीन होली मिलन कार्यक्रम गरिएको क्लवका अध्यक्ष एवं सप्ताह मुल आयोजक समितिका संयोजक शिव केसीले बताउनु भयो ।

सप्ताहको अन्तीम दिन शनिवार पत्रकार र रोटरी बिच मैत्रीपुर्ण फुटसल सहित समापन कार्यक्रम गर्ने तयारी भैरहेको केसीको भनाई रहेको छ ।