स्वर्गीय पिताको स्मृतिमा डेढ लाख राशिको ‘घन-बल जेहन्दार छात्रवृत्ति अक्षयकोष’ स्थापना

- पिताको वार्षिक पुण्य तिथिमा ३ जना जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति सहित सम्मान

-


     हिडन खबर    
     चैत्र ३ गते २०७८ मा प्रकाशित


बागलुङ नगरपालिका ३ रातामाटा स्थित धौलागिरि बीरेन्द्र माध्यमिक बिद्यालयमा डेढलाख राशिको अक्षयकोष स्थापना गरिएको छ । बिद्यालयमा ३० दशक सम्म सेवा गरेका स्वर्गीय पिता घनश्याम शर्मा र माता श्री बलावती शर्माको नाममा छोरा हिमाल शर्माले डेढलाख राशिको अक्षयकोष स्थापना गर्नुभएको हो । बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई छात्रवृत्ति दिने उदेश्यले स्थापना भएको ‘घन-वल जेहेन्दार छात्रवृत्ति अक्षयकोष’ बुधबार एक कार्यक्रमका बिच बिद्यालयलाई प्रदान गरिएको छ ।

जेहेन्दार बिद्यार्थीलाई सम्मान गर्दै कोषका संरक्षक शर्मा

मातापिताको वार्षिक पुण्य तिथिमा कक्षा १२ मा सर्वोत्कृष्ट अंक ल्याउने अनुशा शर्मा, मिनाक्षी घर्ती र लालबहादुर रोका मगरलाई नगद सहित सम्मान समेत गरिएको थियो । उनिहरुलाई प्रमाणपत्र र दुई दुई हजार सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा, सामजसेवी तुल्सीराम शर्मा, कुमार बिक्रम क्षेत्री, मुरारीदत्त शर्मा, बिद्यालयका प्रधानाध्यापक भुमिराज गौतम लगायतका बक्ताहरूले बिद्यालयमा लामो समय सम्म सेवा गरेका स्वर्गीय घनश्याम पाध्यायले गरेको योगदान बारे प्रकाश पारेका थिए । १ लाख ५१ हजार १ सय ५१ रूपैयाँ को अक्षयकोष घोषणा गर्दै कोषका संरक्षक हिमाल शर्माले हरेक वर्ष बिद्यालयमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई पुरस्कृत गर्दै जाने जानकारी दिनुभयो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बिद्यालयका शिक्षक पुर्णराज रेग्मी र संचालन शिक्षक रेसम सापकोटाले गरेका थिए ।