
बागलुङ बजारको एक बिद्यालयको भ्यानले ठक्कर दिँदा १८ महिने एक बच्चा घाइते भएका छन् ।
बागलुङ बजार स्थित अमर आदर्श बोर्डिङ स्कुलको ग २ ख ४८८६ नम्बरको भ्यानको ठक्करबाट बागलुङ नगरपालिका वडा नम्बर ३ रुम्टा निवासी कमल कटुवालका १८ महिने छोरा अंकित कटुवाल सामान्य घाइते भएका हुन ।
बिद्यार्थी लिएर बिद्यालयतर्फ फर्किने क्रममा बिहान ९ बजे कटुवालको घर अगाडि बच्चालाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए ।
घाइते बच्चाको मुखमा चोटलागेको र धौलागिरी अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
ठक्कर दिने सवारी र चालक जिल्ला प्रहरी कार्यालय बागलुङको नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक बिजय भण्डारीले हिडन खबरलाई बताए ।









