शिक्षा

प्रत्यक्ष दृष्टि सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा शनिबार काठमाडौंको बालाजुमा सम्पन्न भएको छ। साधारणसभामा संस्थाका अध्यक्ष श्याम श्रेष्ठले आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन, आगामी वर्षको कार्ययोजना तथा बजेट प्रस्तुत गरेका थिए। त्यस्तै, लेखा समितिका सदस्य गंगा सुवेदीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। साधारणसभामा प्रस्तुत प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी वर्षको कार्यक्रम तथा लेखा समितिको प्रतिवेदनमाथि छलफल गरी उपस्थित सेयर सदस्यहरूले सर्वसम्मत रूपमा पारित गरेका छन्। कार्यक्रममा सहकारी विज्ञ रामप्रसाद आचार्य, संस्थाका निवर्तमान अध्यक्ष… पुरा पढौ

नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

घोप्टेभीरमा पहिरोको जोखिम न्यूनीकरण गर्न मंसिर ५ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म आवागमन रोकिने चितवन । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीर क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि जोखिम न्यूनीकरणका लागि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार सार्वजनिक सूचना जारी गर्दै मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक आवागमन बन्द गर्ने निर्णय गरेको जनाएको छ । कार्यालयका अनुसार घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्दा सवारी… पुरा पढौ

बागलुङमा एन्टिमाइक्रोबियल प्रतिरोधसम्बन्धी सचेतना कार्यक्रम

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न स्वास्थ्यकर्मीलाई आग्रह बागलुङ, मंसिर ४ । एन्टिबायोटिकको सही प्रयोग गरौँ, एन्टिमाइक्रोबियल प्रतिरोध रोकथाममा सबै जिम्मेवार बनौँ भन्ने मूल नारासहित बागलुङमा एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह (World AMR Awareness Week) को अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले मंसिर ४ गते निरन्तर जनस्वास्थ्य शिक्षा (Continuing Public Health Education–CPHE) अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहबाट २० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालय,… पुरा पढौ

बागलुङमा राष्ट्रिय कर सप्ताह : करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बागलुङ, मंसिर ४ । राष्ट्रिय कर सप्ताह–२०८३ को अवसरमा बागलुङमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आन्तरिक राजस्व कार्यालय बागलुङको आयोजना तथा बागलुङ उद्योग वाणिज्य संघको समन्वयमा आयोजित कार्यक्रममा जिल्लाका उद्योगी तथा व्यवसायीलाई करसम्बन्धी कानुनी व्यवस्था, कर दाखिला प्रक्रिया, कर छुट तथा पछिल्ला नीतिगत सुधारबारे जानकारी गराइएको थियो। मंसिर १ गतेदेखि सुरु भएको राष्ट्रिय कर सप्ताहअन्तर्गत आयोजित कार्यक्रममा सहजीकरण गर्दै कर अधिकृत राजन सापकोटाले सरकारले हालै ल्याएको आर्थिक विधेयक, २०८३ मार्फत करको दायरा विस्तार, नयाँ राजस्वका प्रावधान तथा… पुरा पढौ

बाली जोगाउन किसानलाई सास्ती, खुला छाडिएका घरपालुवा कुकुरबाट धानखेतीमा जोखिम

कुकुरको उचित व्यवस्थापन गर्न किसानको आग्रह, अरूको खेतबारीमा क्षति पुग्न नदिन घरधनीलाई जिम्मेवार बन्न सुझाव बागलुङ । वर्षभरि दुःख, मेहनत र पसिना बगाएर उत्पादन गरेको अन्नबाली जोगाउन किसानलाई पछिल्लो समय थप चुनौती देखिन थालेको छ। खेतबारीमा लगाएको बालीदेखि काटेर भित्र्याउने तयारीमा रहेको धानसम्म सुरक्षित राख्न किसानलाई मुस्किल हुन थालेको हो। विशेषगरी घरपालुवा कुकुर खुला रूपमा छाड्ने प्रवृत्तिले खेतबारीमा लगाइएको बाली तथा संकलनका लागि राखिएको अन्नमा क्षति पुग्ने जोखिम बढाएको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन्। घरमा पालिएका कुकुरलाई जथाभावी खुला… पुरा पढौ

अम्टारीमा बाँदरको आतंक, घरआँगनदेखि खेतबारीसम्म क्षति

बागलुङ । जैमिनी नगरपालिका–१ स्थित अम्टारी क्षेत्रमा बाँदरको बिगबिगी बढ्दै गएको छ। बाँदरले घरआँगनमा प्रवेश गरी खानेकुरा नष्ट गर्ने तथा घरमा राखिएका खाद्यान्नसमेत खाइदिने र छरपस्ट पार्ने गरेपछि स्थानीयवासी हैरान भएका छन्। बाँदरको समस्या घरआँगनमा मात्र सीमित छैन। खेतबारीमा लगाइएका अन्नबाली तथा फलफूलसमेत बाँदरबाट जोखिममा परेका छन्। किसानले दुःख गरेर उत्पादन गरेको कृषि उपज जोगाउनसमेत कठिन हुँदै गएको स्थानीयको गुनासो छ। बाँदर बस्ती र घरभित्रै प्रवेश गरेर खानेकुरा नष्ट गर्न थालेपछि स्थानीयवासीले दैनिक सास्ती भोग्नुपरेको छ। बाँदरको समस्या दिनप्रतिदिन बढ्दै… पुरा पढौ

विश्व मधुमेह दिवसमा लायन्स डिस्ट्रिक्ट ३२५ केद्वारा निःशुल्क मधुमेह परीक्षण

काठमाडौं । विश्व मधुमेह दिवसको अवसरमा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालको आयोजनामा निःशुल्क मधुमेह परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ मनास्लु गणेश हिमाल (LCK Manaslu Ganesh Himal) तथा लियो क्लब अफ मनास्लु गणेश हिमालको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा सहभागीहरूको निःशुल्क मधुमेह परीक्षण गर्नुका साथै मधुमेह रोगबाट बच्ने उपाय, समयमै स्वास्थ्य परीक्षणको आवश्यकता र स्वस्थ जीवनशैली अपनाउनुपर्ने विषयमा सचेतना अभिवृद्धि गरिएको थियो। कार्यक्रममा इन्टरनेसनल डाइरेक्टर (PID) बालकृष्ण बरालकोटी, डिस्ट्रिक्ट गभर्नर (DG) रमेश अधिकारी,… पुरा पढौ

निसीखोलाका बाढीपीडितलाई पाँच लाख नगदसहित राहत सामग्री वितरण

बागलुङ । गत असोज ११ गते बागलुङको निसीखोला गाउँपालिकामा आएको बाढीपहिरोबाट प्रभावित परिवारलाई पाँच लाख रुपैयाँ नगदसहित राहत सामग्री वितरण गरिएको छ। बाढीपहिरोबाट मानवीय तथा ठूलो भौतिक क्षति भएपछि पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले लायन्स क्लब अफ निसीखोलाको पहलमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो। अभियानबाट संकलित पाँच लाख रुपैयाँ ३९ घरपरिवारलाई वितरण गरिएको लायन्स क्लब अफ निसीखोलाका अध्यक्ष अशोक कार्कीले जानकारी दिए।राहत वितरणका क्रममा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १२ हजार ५००… पुरा पढौ

विश्व मधुमेह दिवसमा बागलुङमा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना

बागलुङ, कात्तिक २८। विश्व मधुमेह दिवसको अवसरमा बागलुङमा निःशुल्क मधुमेह परीक्षण तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। लायन्स क्लब अफ बागलुङ शालिग्राम र लियो क्लब अफ बागलुङ शालिग्रामको संयुक्त आयोजनामा नोभेम्बर १४ अर्थात् कात्तिक २८ गते कार्यक्रम सञ्चालन गरिएको हाे । बागलुङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिका मन्दिरको प्रवेशद्वारमा आयोजित कार्यक्रममा १०० जना सर्वसाधारणको निःशुल्क मधुमेह परीक्षण गरिएको थियो। मधुमेह रोगको जोखिम, पहिचान, रोकथाम तथा समयमै स्वास्थ्य परीक्षण गर्नुपर्ने आवश्यकताबारे आम नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको… पुरा पढौ

ताराखोलामा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

बागलुङ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङको आयोजना तथा ताराखोला गाउँपालिकाको समन्वयमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा प्रवर्द्धन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ताराखोला गाउँपालिका–५ स्थित ताराखोला स्वास्थ्य चौकीको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, बाढीपहिरो प्रभावित व्यक्ति, शिक्षक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्थानीय समाजसेवी गरी ४१ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता वडा नं. ५ का अध्यक्ष मनबहादुर रोकाले गरेका थिए भने सञ्चालन ताराखोला स्वास्थ्य चौकीकी अहेव निर्मला घर्ती मगरले गरेकी थिइन्। कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख उदित थापा मगरले मानसिक… पुरा पढौ