बागलुङ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङको आयोजना तथा ताराखोला गाउँपालिकाको समन्वयमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा प्रवर्द्धन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ताराखोला गाउँपालिका–५ स्थित ताराखोला स्वास्थ्य चौकीको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, बाढीपहिरो प्रभावित व्यक्ति, शिक्षक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्थानीय समाजसेवी गरी ४१ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता वडा नं. ५ का अध्यक्ष मनबहादुर रोकाले गरेका थिए भने सञ्चालन ताराखोला स्वास्थ्य चौकीकी अहेव निर्मला घर्ती मगरले गरेकी थिइन्। कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख उदित थापा मगरले मानसिक…
पुरा पढौ