राजनीति

बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक जनकेन्द्रित र विकासमुखी जीवन्त संस्थाका रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ । थाइल्याण्डको राजधानी बैंककमा आयोजित छैठौँ बिमस्टेक समिटको पूर्वसन्ध्यामा आज इन्डिया फाउन्डेसनद्वरा आयोजित तेस्रो बिमस्टेक डायलगलाई सम्बोधन गर्दै उहाँले बिमस्टेक जनताका आशा, अपेक्षा र समस्यामा काम गर्न सक्ने एक जीवन्त क्षेत्रीय संगठनका रुपमा रहनुपर्नेमा जोड दिनुभएको हो । मन्त्री डा राणाले भन्नुभयो “अहिलेका कुनै पनि क्षेत्रीय र विश्व संस्थाहरुले आफ्ना समस्याहरुको पहिचान गरी तिनको समाधानका… पुरा पढौ

नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड

बाँके, २० चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताउनुभएको छ । बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको र नेतृत्वदायी भूमिकामा अघि बढाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि… पुरा पढौ

राप्रपाका नेताहरू लाई रिहाइको माग गर्दै मसाल जुलुस

बागलुङ राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले राप्रपाका पक्राऊ परेका आफ्ना नेताहरु अविलम्ब रिहाइको माग गर्दै जिल्ला सदरमुकाम बाग्लुङ बजारमा मशाल जुलुस प्रदर्शन गरेको छ । चैत १५ गते राजधानीमा भएको आन्दोलनमा राप्रपाका नेताहरूकाे हात भएको भन्दै राप्रपाका नेता रबिन्द्र मिश्रधबल शमशेर राणा लगायतका नेताहरू लाई रिहाइको माग गर्दै बिराेध स्वरूप मसाल जुलुस निकालिएको राप्रपाले जनाएको छ । पुरा पढौ

सरकार शहरीकरणकाे चुनाैती सामना गर्दै व्यवस्थापन गर्न तयार छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकार शहरीकरणकाे चुनाैती सामना गर्दै त्यसकाे व्यवस्थापन गर्न तयार रहेकाे बताउनुभएकाे छ । नीति प्रतिष्ठानकाे आयाेजनामा बुधबार ललितपुरमा आयाेजित शहरी शासन र विकास सम्बन्धी कार्यक्रममा सम्बधाेन गर्नुहुँदै उहाँले सरकार शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध रहेको बताउनुभएकाे हाे । उहाँले अहिले शहरी विकास मन्त्रालयकाे एजेन्डा  आधारभूत सेवामा सबैको पहुँच पुर्याउनु रहेकाे बताउनुभयाे । नेपालले पनि अन्य देशहरु जस्तै तीव्र शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गरिरहेको छ । यद्यपी सरकार यो सबै चुनौतीहरुको… पुरा पढौ

भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायीः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो यस पटकको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको बताउनुभएको छ । भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा यही मार्च १७ देखि २० सम्म आयोजना गरेको राइसिना डायलगमा सहभागी भएर आज स्वदेश फर्र्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग उहाँले सो जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो “यो भ्रमणका क्रममा भारतका विदेशमन्त्री डा एस जयशंकर र अन्य देशका समकक्षीहरुसँग भेटवार्ता भयो र राइसिना डायलगमा पनि सम्बोधन भयो । त्यसैगरी भारतबाट नेपालले खरिद गर्ने विद्युत पनि… पुरा पढौ

माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको छः प्रचण्ड

बारा, ७ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको बताउनुभएको छ । जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेश जागरण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको छ । विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर चुनाव लड्दा उनीहरुले फाइदा लिने तर माओवादीले घाटा व्यहोर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले अब एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गएको बताउनुभयो । गत मंसिरको उपनिर्वाचनहुँदै भर्खरै… पुरा पढौ

प्रविधिको द्रुत विकासलाई पछ्याउन सक्नुपर्छः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान युगमा डिजिटल प्रविधिको द्रुत तथा नविनतम विकास भइरहेकाले विकासको यो गतिलाई पछ्याउन सक्नुपर्ने बताउनुभएको छ। नयाँ दिल्लीमा जारी राइसिना डायलग कार्यक्रम अन्तर्गत आज आयोजित "डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर" विषयक सत्रलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अब प्रविधिको विकासको द्रुत गतिलाई पछ्याउन नसके पछि परिन्छ। नेपाल पनि प्रविधिसँगै यसले दिने अवस्यंभावी रुपान्तरणका लागि तयार छ।” मन्त्री डा. राणाले नेपाल डिजिटल सार्वजनिक पूर्वाधार निर्माणलाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताउँदै समावेशी तथा रूपान्तरणकारी डिजिटल पूर्वाधार निर्माणमा नेपाल लाग्ने बताउनुभयो।… पुरा पढौ

परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए.मनालोसँग आज नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच आज बिहान सो भेटवार्ता भएको हो । ती भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयहरुमा कुराकानी भएको थियो । त्यस भेटका अवसरमा मन्त्री डा राणाले जर्जियाकी विदेशमन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सदस्य लगायत अन्यमा पनि उम्मेदवारी दिएकाले त्यसमा सहयोग र समर्थनका लागि जर्जियासँग आग्रह गर्नुभयो । साथै मन्त्री डा राणाले कृषि, जलविद्युत, पूर्वाधार निर्माण, पर्यटन लगायतका… पुरा पढौ

धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा आस्मिन शेख विजयी

बागलुङ ।स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पसको सभापतिमा अखिल संयुक्त प्यानलबाट आस्मिन शेख विजयी भएका छन् । शेखले नेपाल विद्यार्थी संघकी सृष्टि आचार्यलाई परजित गर्दै विजयी भएका हुन् । शेखले ५५२ मत ल्याएकी ल्याउँदा उहाँकी प्रतिस्पर्धी सृष्टि आचार्यले ४९१ मत ल्याइन् । स्वतन्त्र समूहका दीपक सुवेदीको ७ मत प्राप्त गरेका थिए । सचिवमा नेवि संघका सचिन हरिजन विजयी भएका छन् । हरिजनले ५३४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी रुद्रबहादुर पुनले ५०९ मत ल्याउन सफल भएका थिए ।पुन आखिल क्रान्तिकारी निकट… पुरा पढौ

जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सामूहिक सहकार्य आवश्यक छ ः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको असरलाई गम्भीर रुपमा लिएर यसको न्यूनिकरणका लागि सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलगको जलवायु परिवर्तन सम्बन्धी सत्रलाई सम्बोधन गर्दै उहाँले विकासशील राष्ट्रहरूले जलवायु परिवर्तनको अकल्पनीय प्रभावहरूको अनुभव गरिरहेका र नेपाल यसको अग्रपंक्तिमा नै रहेको बताउनुभयो । मन्त्री डा राणाले जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै यसकारण नेपालले जलवायु न्याय (क्लाइमेट जस्टिस) को मागलाई… पुरा पढौ