
बर्दघाट, वैशाख ३, २०८२ — गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बर्दघाट नगरपालिका–१४ स्थित सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन गरेका छन्।
अवलोकन भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले सहिद सूर्य विक्रम थापा ‘सलिम’को सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे। कार्यक्रममा पार्टीका अन्य नेताहरूको पनि उपस्थिति थियो।
शहीद थापा माओवादी जनयुद्धका क्रममा वीरगतिको प्राप्ति गरेका थिए। उहाँको योगदानको सम्मानस्वरूप निर्माण गरिएको स्मृति केन्द्र क्षेत्र सामाजिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ।












