अर्थतन्त्र

लन्डनमा तेस्रो नेपाली चलचित्र महोत्सव सम्पन्न, सन्तोष पन्तलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

लन्डन । थर्ड आइले बेलायतमा आयोजना गरेको तेस्रो नेपाली चलचित्र महोत्सव शनिबार सम्पन्न भएको छ। लन्डनको ग्रीनफोर्ड टाउन हलमा आयोजित समापन समारोहमा उत्कृष्ट चलचित्रहरू, नेपालबाट आएका विशिष्ट कलाकारहरू र बेलायतस्थित नेपाली कलाकारहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरियो। फेस्टिभल अवार्डसहित चार उत्कृष्ट चलचित्र चयन नेपाली फिल्म फेस्टिभल यूके २०२५ का लागि विश्वभरबाट प्राप्त ३९८ आवेदनमध्ये चार चलचित्र — पुजार सार्की, ज्वाइँसाब, सतीदेवी र हाफ जर्नी लाई उत्कृष्ट चलचित्रको अवार्ड प्रदान गरिएको हो। अवार्ड हस्तान्तरण समारोहमा एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्य, युवा… पुरा पढौ

कोटिहोममा जनप्रतिनिधिको उपस्थिति बढ्दै, स्याङ्जाबाट लाखौँको सहयोग घोषणा

हिड्न खबर डट्कम पोखरा, जेठ १७ – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट जनप्रतिनिधिको उपस्थिति दिनप्रतिदिन बढ्दो छ। स्याङ्जा जिल्लाका पालिकाका प्रमुख र उपप्रमुखहरूले आइतबार कोटिहोममा सहभागिता जनाउँदै अनाथ बालबालिकाको अभिभावक बन्ने घोषणा गरेका छन्। गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराई र वालिङ उपप्रमुख कविता तिवारीले पालिकातर्फबाट जनही एक–एक लाख रुपैयाँ सहयोग गर्ने बताए। मानव सेवाका अन्य शीर्षकमा पनि सहयोग गर्न सकिने उनीहरूको भनाइ छ। कोटिहोममा भक्तजन तथा जनप्रतिनिधिबाट दैनिकरूपमा आर्थिक सहयोग जुटिरहेको छ। हालसम्म अर्घाखाँची, कास्की,… पुरा पढौ

के घर के डेरा : घर नं २’ प्रदर्शनको तेस्रो सातामा

हिड्नखबर डट्कमकाठमाडौं । नेपाली चलचित्र 'के घर के डेरा : घर नं २' प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। सकारात्मक प्रतिक्रिया पाइरहेको यो फिल्म आजबाट तेस्रो हप्ता प्रवेश गरेको हो। दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाइरहेको फिल्मलाई आम नेपालीले भोगिरहेको विषयवस्तुलाई प्रभावकारी रुपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरिएको छ। निर्माण पक्षका अनुसार सिनेमा हेर्ने दर्शकहरूको संख्या निरन्तर बढिरहेको छ। निर्देशक दीपेन्द्र के. खनालले भने, “जति दर्शकले सिनेमा हेर्नुभएको छ, सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ। ‘वर्ड अफ माउथ’ राम्रो भएकाले दर्शक… पुरा पढौ

पोखरामा कोटीहोम सम्पन्न, हिन्दूराष्ट्रको शंखघोष—१४ लाख भक्तजन सहभागी

हिड्नखबर डट्कम पोखरा, जेठ १५ — पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा हिन्दूराष्ट्र घोषणासहितको विशेष शंखघोष गरिएको छ। पोखराका कृष्णराज अधिकारीले ८ मिनेट २५ सेकेन्ड लामो शंख फुकेर हिन्दूराष्ट्रको घोषणासहित कोटीहोम सम्पन्न भएको जनाइएको छ। अधिकारी विश्वमा लामो शंख फुक्ने तेस्रो व्यक्ति भएका छन्। कोटीहोम अन्तर्गत १०१ कुण्डमा १ करोड ५० लाख हवन गरिएको आयोजकको दाबी छ। कार्यक्रममा हालसम्म १४ लाख भक्तजनको सहभागिता भइसकेको छ। बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजको संकल्पमा… पुरा पढौ

अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष गंगा शर्मालाई बागलुङ कलाकार समाजको बधाई तथा भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौँ, जेठ १४ –अन्तर्राष्ट्रिय बागलुङ समाजका नवनिर्वाचित अध्यक्ष गंगा शर्मालाई बागलुङ कलाकार समाज नेपालले विशेष सम्मान गर्दै राजधानी काठमाडौँमा भव्य कार्यक्रमको आयोजना गरेको छ। "बधाई ज्ञापन तथा भेटघाट कार्यक्रम – २०८२" शीर्षकको सो समारोह काभेरी रेस्टुरेन्ट, बसुन्धरामा सम्पन्न भएको हो। कार्यक्रममा अध्यक्ष शर्मालाई सम्मानित गर्दै बागलुङ कलाकार समाज नेपालका अध्यक्ष बसन्त थापाले समाजको रैथाने संस्कृति र गीत–संगीतको संरक्षणमा कलाकारहरूको भूमिका अतुलनीय रहेको बताए। कार्यक्रममा बोल्दै गंगा शर्माले, “अबदेखि अन्तर्राष्ट्रिय बागलुङ समाजको हरेक अधिवेशन बागलुङमै आयोजना गर्ने निर्णय गरिएको छ,” भन्दै… पुरा पढौ

‘द ब्ल्यू लाइट’मा अर्पण थापा अनुबन्धित, छायांकन जेठ २१ देखि सुरु

हिड्न खबर डट्कम काठमाडौं — केही दिनअघि थिम पोस्टर सार्वजनिक गर्दै घोषणा गरिएको चलचित्र ‘द ब्ल्यू लाइट’ मा अभिनेता अर्पण थापा प्रमुख भूमिकामा अनुबन्धित भएका छन्। साइकोलोजिकल थ्रिलर विधामा निर्माण हुने चलचित्रलाई बलिराम चौहानले निर्देशन गर्नेछन्। चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक रहेका चौहानको यो निर्देशन डेब्यु हो। ‘द ब्ल्यू लाइट’ मा थापालाई मंगलवार औपचारिक रूपमा अनुबन्धित गरिएको निर्माण टिमले जानकारी दिएको छ। स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्रमा रमन ग्रे सह–निर्माता रहनेछन्। चलचित्रको छायांकन जेठ २१ गतेदेखि सुरु… पुरा पढौ

कोटिहोममा देवी प्रतिभाको प्रवचनले भक्तजन मन्त्रमुग्ध

पोखरा, हिड्न खबर — पोखरामा जारी गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको मधुर वाणीले भक्तजनलाई मन्त्रमुग्ध बनाइरहेको छ। भारतबाट सिधै पोखरा आइपुगेकी उनले बिहान भक्तजनसँग भेटघाट र दिनमा प्रवचन गर्दै हजारौँलाई भक्ति भावमा डुबाएकी छन्। नेपाली र हिन्दी भाषामा प्रवचन दिने उनको शैलीले धार्मिक चेतना थप सशक्त बनाएको छ। महायज्ञमा नेपालकी राधिका दासीसहित देश-विदेशका साधु–सन्तहरूले प्रवचन दिइरहेका छन्। विभिन्न संघसंस्था तथा भक्तजनबाट लाखौँ रुपैयाँको आर्थिक सहयोग प्राप्त भएको छ। यसैक्रममा सुरु भएको राष्ट्रव्यापी वक्तृत्वकला… पुरा पढौ

कोटिहोममा भक्तजन र दानवीरहरूको उल्लेखनीय सहभागिता

पोखरा – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको उत्तरार्धतिर जाँदा भक्तजन र दानवीरहरूको उपस्थिति उल्लेखनीय रूपमा बढ्दो छ। प्रवचन, भजन, हवन, वक्तृत्वकला प्रतियोगिता लगायतका आध्यात्मिक गतिविधिले कोटिहोमलाई धार्मिक, सांस्कृतिक र सामाजिक केन्द्रमा रूपान्तरण गरेको छ। देश–विदेशबाट आएका साधु–सन्त, महन्तहरूका सन्देशले श्रद्धालुहरूमा उत्साह थपेको छ। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयकृष्णमूर्तिजी महाराजको प्रेरणाले उनका गाउँ धुर्कोटका जनप्रतिनिधिहरूदेखि विद्यालयका प्रतिनिधिसम्मको सहभागिता देखिएको छ। बागलुङकी बढिगाउँ गाउँपालिका अध्यक्ष गण्डकी थापाले २ लाख १ हजार १ सय १२ रुपैयाँ सहयोग गर्दै दुई… पुरा पढौ

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा बजार अनुगमन

काठमाडौं जेठ १२ बजारमा ब्यापार ब्यवसाय गरेर पनि आफ्नो ब्यवसाय दर्ता नगरेपछि चन्द्रागिरि नगरपालिका ६ नम्बर वडा कार्यालय स्थानीय तहको ऐन नियमको परिधिभित्र रहेर बजारका ब्यवसाय दर्ता भए नभएको अनुगमन गर्न शुरू गरेको छ । ६ नम्बर वडा भित्र ब्यवसायी गरेर बसेका ब्यवसायीहरूलेसंचालन गरिरहेकाे ब्यवसाय संबंधित वडामा दर्ता भए नभएको करको दायरामा आए नआएको वडाका  जनप्रतिनिधि, कर्मचारी ,पत्रकार सहितको टाेलीले अनुगमन शुरू गरेको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ ले जनाएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ विहिबार देखि जनप्रतिनिधि… पुरा पढौ

दोस्रो हप्तामै ‘के घर के डेरा : घर नं २’लाई उच्च अकुपेन्सी

काठमाडौं — दोस्रो सातामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ ले उच्च अकुपेन्सी कायम राख्न सफल भएको छ। शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको चलचित्रले पहिलो साताको तुलनामा अझ राम्रो दर्शक साथ पाएको छ। शुक्रबार देशभरका अधिकांश सिनेमा हलहरूमा चलचित्रका शोहरू हाउसफुल भएका थिए। शनिबार पनि अग्रिम बुकिङ राम्रो रहेकाले धेरैजसो शो हाउसफुल भइरहेका वितरक करण श्रेष्ठले जानकारी दिए। “आज पनि अग्रिम बुकिङबाटै राम्रो अकुपेन्सी देखिएको छ। डोरसेलसहित धेरैजसो शो हाउसफुल छन्,” श्रेष्ठले बताए। चलचित्रले… पुरा पढौ