काठमाडौं, साउन १ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारी चौरमा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’को उद्घाटन गरेका छन्। कार्यक्रममा उनले स्वयंसेवकहरूसँग इँटा बोक्ने, घाँस काट्ने, वृक्षारोपण र सरसफाइमा सहभागी भएर श्रमको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिएका थिए। सम्बोधनमा अध्यक्ष प्रचण्डले यो अभियान माओवादीको "उत्पादन ब्रिगेड"को निरन्तरता भएको बताउँदै युवालाई श्रम र स्वाभिमानी अर्थतन्त्र निर्माणमा अग्रसर हुन आह्वान गरे। उनले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै चेतावनी दिए, “यदि सरकार सुध्रिएन भने सडकबाटै आन्दोलन गरेर हटाउन बाध्य हुनेछौँ।”…
पुरा पढौ