काठमाडौं, १३ भदौ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरूमा वैदेशिक लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभएको छ। सुदूरपश्चिम प्रदेश सरकारद्वारा आगामी नोभेम्बर १७–१८ मा धनगढीमा आयोजना हुने ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरूप आज परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा मन्त्री राणाले उक्त आग्रह गर्नुभएको हो। बैठकमा नेपालस्थित विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा मन्त्री राणाले सुदूरपश्चिम प्रदेशलाई नेपालकै समृद्धिको प्रवेशद्वारको रूपमा चित्रण गर्दै जलविद्युत्, नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सिमापार व्यापार, शहरी…
पुरा पढौ