अर्थतन्त्र

बुद्धिजीवी संगठनद्वारा बाढीपहिरो पीडितलाई पाँच लाख बढी सहयोग

काठमाडौं, ७ कात्तिक । नेकपा (माओवादी केन्द्र)निकट नेपाल बुद्धिजीवी संगठनले बाढीपहिरो पीडितको सहयोगका लागि पाँच लाख पच्चीस हजार सहयोग हस्तान्तरण गरेको छ । माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी संगठनले सो रकम हस्तान्तरण गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संगठनका अध्यक्ष कृष्ण केसी लगायतका पदाधिकारीहरुले चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा संगठनका इञ्चार्ज खिमलाल देवकोटालगायत बुद्धिजीवी संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले बाढीपहिरो पीडितको सहयोगका लागि बुद्धिजीवी संगठनले लिएको पहलकदमीका… पुरा पढौ

माओवादी केन्द्रको एसिया महादेश संगठन समितिद्वारा बाढीपीडितलाई आठ लाख बढी सहयोग

काठमाडौं, ६ कात्तिक । नेकपा माओवादी केन्द्र एसिया महादेश संगठन समन्वय समितिले बाढीपहिरो पीडितका लागि आठ लाख ३८ हजार तीन सय ३९ रुपैयाँ सहयोग गरेको छ । समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा, केन्द्रीय सदस्य डिबि क्षेत्री, प्रवास प्रदेश कार्यालय मुख्य सचिव टिबी पाठक, प्रदेश समिति सहसचिव दीपक पुन र सदस्य ईश्वर कठायतले चेक हस्तान्तरण गर्नुभएको थियो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि एसिया… पुरा पढौ

भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छः प्रचण्ड

जुम्ला, ५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको बेला सुरु गरेको भ्रष्टाचार बिरोधी अभियान निरन्तर अघि बढ्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र जुम्लाले खस भाषा र सभ्यताको केन्द्र सिञ्जा कनकासुन्दरीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो अभियान नरोकिने बताउनुभएको हो । उहाँले आफूले सरकारबाट सुरु गरेको यो अभियान अब पार्टीको तर्फबाट अघि बढाउने बताउनुभयो । ‘सुशासनको पक्ष र भ्रष्टाचारको बिरुद्धमा निकै ठूलो अभियान सुरु गरिएको छ’– उहाँले… पुरा पढौ

प्रधानमन्त्रीले नै सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन्ः प्रचण्ड

जुम्ला, ५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्त्रीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताउनुभएको छ । प्रेस सेन्टर जुम्लाले आज जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै उहाँले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताउनुभयो । ‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना… पुरा पढौ

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ । तिहारको लामो बिदा पारेर कात्तिक १५ गते रिलिज हुने गन्दर्व समूदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन् । चलचित्रकर्मी र आम दशर्कले ट्रेलरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् भने चलचित्रको ट्रेलर युट्युबको ट्रेन्डिङमा छ । यो ट्रेलर यतिबेला युट्युबको ट्रेन्डिङ नम्बर ६ मा रहेको छ साथै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । पुर्ख्यौली पेसा धानेर… पुरा पढौ

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ

काठमाडौं । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरो खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । लामिछानेलाई शुक्रबारै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ… पुरा पढौ

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले दुई महिनामा १७ लाख ७० हजार राजस्व संकलन गर्या

बागलुङ / ट्राफिक प्रहरीकाे सक्रियता बढे संगै जिल्लामा जथाभावी रूपमा नियम विपरीत सवारीसाधन चलाउने सवारी कार्वाहीकाे दायरामा आउन थालेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले आर्थिक बर्ष २०८१ श्रावण र भाद्र महिनामा १७ लाख ७० हजार राजस्व संकलन गरेको छ । श्रावण महिनामा ७१ वटा ट्रक ट्रिपर कार्वाही बाट ५४ हजार४१ वटा बस कार्वाही बाट ३९ हजार ३७५ वटा कार जीप कार्वाही बाट २ लाख ९६ हजार ६२ वटा टेक्टर बाट ४३ हजार ५ सय ३८७ वटा माेटर साईकल स्कुटर… पुरा पढौ

कालिका भगवती मन्दिरमा हजारौं भक्तजनकाे घुइँचो

बागलुङ ,असाेज २५ नेपाल कै प्रसिद्ध धार्मिकशक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा नव दुर्गाकाे अष्ठमी र नवमीकाे दिन हजारौं श्रद्वालु भक्तजनकाे घुइँचो लागेको छ ।रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेकाे छ । नेपाली हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख धार्मिक शक्तिपिठ बागलुङको कालीका भगवती मन्दिरमा नेपालीहरूकाे महान चाड दशैकाे आठौं र नवाै दिन बिहानैदेखि  श्रद्धालु भक्तजनहरूकाे बिहानदेखि न‌ै मन्दिर पुजा अर्चना गर्नेहरूकाे भिड लागेको छ । बागलुङ नगरपालिका वडा नम्बर १मा अवस्थित कालीका मन्दिरमा नव दुर्गा प्रारम्भ भएको भएपछि बिहानदेखि नै भक्तजन पुजा अर्चनाकाे लागि आएको… पुरा पढौ

५० परिवारलाई बागलुङ शाक्य खलः काठमाडौंले राहत वितरण गर्या

काठमाडौ / केही दिनअघि गएको बाढी बाट प्रभावितपरिवारलाई बागलुङ शाक्य खलः काठमाडौंले राहत सामाग्री प्रदान गरेको छ । काभ्रे जिल्ला पनाैतिकाे कलाति भुमिडाडा वडा नम्बर १२ मा शाक्य खलःले ५० परिवारलाई दैनिक उपभाेग्य सामाग्री राहत प्रदान गरेको खलःका सचिव कविन्द्रमान शाक्यले बताए । लक्षित ठाउँका पीडितलाई राहत प्रदान गर्नका लागि सहयोग गर्ने सम्पूर्ण सहयोग दाताहरूलाई शाक्य खलःले धन्यवाद दिएको सहसचिव मनाेज शाक्यले बताए । अहिले शाक्य खलःले बिशुद्व रूपमा मानवीय नाताले केही राहत हाेस् भन्ने उदेश्यले सहयोग गरेको जनाएको छ… पुरा पढौ

नेपाली बजारमा सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं, असोज २१ । नेपाली बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकाेमा आजका लागि सुनको मुल्य रु एक लाख ६० हजार ५०० निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार ९८० निर्धारण भएको छ । पुरा पढौ